काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री बालेन्द्र शाहसँग विदाई भेट गरेका छन्। राजदूत श्रीवास्तवले आफ्नो राजदूत कार्यकाल पूरा गरी भारत फर्किनुअघि मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर प्रधानमन्त्री शाहसँग भेट गरेका हुन्। भेटका क्रममा के–कस्ता विषयमा छलफल भयो भन्नेबारे भने उपलब्ध विवरणमा खुलाइएको छैन।