काठमाडौं, अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूलाई अर्थ मन्त्रालयमा छलफलका लागि बोलाएका छन् । वाग्लेले बुधबार बिहान ९ बजे राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकहरूलाई अर्थ मन्त्रालयमा बोलाएका हुन् ।
साउन १२ गते उद्योगीहरूसँग छलफल गरेका अर्थमन्त्री वाग्लेले मंगलबार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गरेका थिए । उद्योगी र बैंकरहरूले मौद्रिक नीतिसँग सम्बन्धित विषय छलफलमा प्रस्तुत गरेका थिए । अर्थ मन्त्रालयमा भएको उद्योगी र बैंकरहरूसँगको छलफलमा राष्ट्र बैंकको प्रतिनिधि सहभागी थिएनन् ।
बुधबार हुने राष्ट्र बैंकको कार्यकारी निर्देशकहरूसँग अर्थमन्त्रीले गर्ने छलफलमा राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेल र डेपुटी गभर्नर किरण पण्डितलाई भने नबोलाइएको अर्थ मन्त्रालय स्रोतले बताएको छ ।