काठमाडौं, एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारणसभाको आहृवान गरेको छ । बैंकको गत साता बसेको सञ्चालक समितिको बैठकले यही भदौ २४ गते झापाको बिर्तामोडस्थित सिद्धार्थ होटलमा आफ्नो २०औं वार्षिक साधारणसभा आह्वान गरेको हो ।
सभामा यस बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरका लागि आवश्यक सम्पूर्ण कार्य गर्न र प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र सञ्चालकको बैठक भत्ता बढाउने विशेष प्रस्ताव पेस हुनेछ । सर्वसाधारण समूहबाट तीन जना सञ्चालक निर्वाचन गर्ने, अघिल्लो आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्ने, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक तोक्ने र सर्वसाधारण सञ्चालकहरूको कार्यकाल अनुमोदन गर्ने सामान्य प्रस्ताव पेस हुनेछ ।