काठमाडौं, शेयर बजार परिसुचक नेप्से खुम्चिएको छ । साताको पहिलो कारोबार दिन आज सोमबार नेप्से १९ दशमलव १३ अंकले ओरालो लागेर २५ सय ९९ दशमलव ५८ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव १७ अंकले ओरालो लागेर चार सय ५८ दशमलव १८ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय ५० वटा कम्पनीहरुको ५३ हजार एक सय ५३ पटकको कारोबारमा ८५ लाख ७२ हजार नौं सय ७० कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम तीन अर्ब २३ करोड ९७ लाख ६० हजार पाँच सय ४९ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहरुको शेयर कारोबार भएकाछन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १३ वटै उपसमुहहरुको सुचक ओरालो लाग्दा शेयर बजार पुरै राताम्मै भएको छ ।