काठमाडौं, एनएमबी बैंकले ६५ मेगावाट क्षमताको मनाङ जिल्लामा अवस्थित दूध खोला जलविद्युत् आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ ।
मनाङ जिल्लामा निर्माण भइरहेको दूध खोला जलविद्युत् आयोजना, दूध खोला हाइड्रो पावर कम्पनी प्रा.लि. द्वारा प्रवद्र्धन गरिएको जलविद्युत् आयोजना हो । दूध खोला हाइड्रो पावर कम्पनी प्रा.लि. को प्रमुख लगानीकर्ता भने माउन्टेन इनर्जी नेपाल लि. तथा सीताराम तिमिल्सिनाको समूह रहेको छ । यस आयोजनामा एनएमबी बैंक लि. अगुवा बैंक को रुपमा रहेको छ भने सानिमा बैंक लिमिटेड सह—अगुवा बैंकको रुपमा रहेको छ । ६५ मेगावाट क्षमता भएको सो आयोजनाको कुल अनुमानित लागत १२ अर्ब ९० करोड रुपैयाँ रहेको छ जसमध्ये बैकहरुको ऋण लगानी नौ अर्ब ६७ करोड रहनेछ ।
एनएमबी बैंक लि. ले ५० वटा भन्दा बढी जलविद्युत्आयोजनाहरुमा लगानी गरिसकेको छ । एनएमबी बैंक लि. को तर्फबाट सहायक महाप्रबन्धक दिनेश दुलाल तथा कम्पनीको तर्फबाट अध्यक्ष अरुण के.सी.ले ऋण सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
नेपाल राष्ट्र बैंकद्वारा जारी वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापनसम्बन्धी निर्देशिका, २०२२ अनुसार एनएमबी बैंकले वातावरणीय तथा सामाजिक नीति तथा व्यवस्थापन प्रणाली कार्यान्वयन गर्दै लगानीका वातावरणीय तथा सामाजिक पक्षहरुको मूल्याङ्कनका आधारमा जिम्मेवार लगानी सुनिश्चित गर्दै आएको छ । अन्तराष्ट्रिय असल अभ्यासहरुको अवलम्बन गर्ने क्रममा यस आयोजना हाइड्रोपावर सस्टेनेबिलिटी एलायन्स (एचएसए) द्वारा विकसित प्रारम्भिक वातावरणीय, सामाजिक तथा सुशासन परीक्षण उपकरण प्रयोग गरी आयोजनाका वातावरणीय तथा सामाजिक पक्षहरुको अध्ययन तथा मूल्याङ्कन गरिएको थियो ।
बैंकले हाल देशभरि एक सय ९८ वटा शाखाहरु, एक सय ७६ वटा एटीएमहरु काउन्टर र नौवटा एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनका लागि बेस रेट + ०.५% मा ’इभी अटो कर्जा’ सुरु
एनएमबि बैंक लिमिटेडले नाइमा अटो एक्सपोलाई लक्षित गर्दै नयाँ विद्युतीय सवारी साधनका लागि आधार दर + ०.५% को विशेष ब्याजदरमा कर्जा सुविधा ल्याएको छ । वातावरणमैत्री यातायात र दिगो बैंकिङलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ बैंकले यो आकर्षक र किफायती इभी कर्जा योजना सुरु गरेको हो ।

अत्यन्तै सरल र छिटो प्रक्रियाबाट उपलब्ध गराइने यो सीमित अवधिको कर्जा सुविधा नयाँ ईभी खरिदकर्ताहरूका लागि उपलब्ध छ । इच्छुक ग्राहकहरूले एक्सपोमा रहेको बैंकको स्टल नं ०५ वा देशभर रहेका एनएमबि बैंकका शाखाहरू मार्फत सजिलैसँग आवेदन दिन सक्नेछन् ।