काठमाडौं, नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा चेरी वान्डाले स्मार्ट विद्युतीय व्यावसायिक ईभी भ्यान सार्वजानिक गरेको छ । एक्स्पोमा चेरी वान्डाका विभिन्न क्षमताका विद्युतीय व्यावसायिक सवारीको अवलोकन तथा विस्तृत जानकारी लिन सकिने कम्पनीले जनाएको छ ।
एक्स्पोमा नाइमा स्टल नम्बरः १६, हल डि मा चेरी वान्डाका ११, १२, १४ र १६ सिट क्षमताका विद्युतीय व्यावसायिक सवारी प्रदर्शनमा राखिएका छन् । व्यावसायिक तथा स्कुल, कलेजहरुलाई ध्यानमा राखेर तयार गरिएका ईभी भ्यानमा आधुनिक प्रविधि, पर्याप्त ब्याट्री क्षमता, उच्च पिक पावर र उत्कृष्ट ग्राउन्ड क्लियरेन्सलाई प्राथमिकता दिइएको छ । चेरी वान्डाका ११ र १२ सिटका मोडलमा ४१.८६ किलोवाट क्षमताको सिएटिएल ब्याट्री, ७० किलोवाट पिक पावर, १८० मिलिमिटर ग्राउन्ड क्लियरेन्स र एक पटकको चार्जमा ३०० किलोमिटरसम्मको रेन्ज उपलब्ध छ ।
त्यस्तै, १४ सिट क्षमताको मोडलमा ५३.५८ किलोवाट सिएटिएल ब्याट्री, ८० किलोवाट पिक पावर, २०० मिलिमिटर ग्राउन्ड क्लियरेन्स तथा ३०० किलोमिटरसम्मको रेन्ज रहेको छ । त्यसैगरी, १६ सिट क्षमताको मिनी बस मा ५३.५८ तथा ७० किलोवाट क्षमताको सिएटिएल ब्याट्री, ८० तथा १२० किलोवाट पिक पावर, २१० मिलिमिटर ग्राउन्ड क्लियरेन्स र मोडलअनुसार २८० देखि ३५० किलोमिटरसम्मको रेन्ज उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
यावसायिक प्रयोजनका लागि विद्युतीय सवारीतर्फ आकर्षण बढिरहेको अवस्थामा चेरी वान्डाका यी ईभी भ्यानले यात्रु तथा व्यावसायिक यातायातका लागि आधुनिक, आरामदायी र वातावरणमैत्री विकल्प प्रदान गर्ने अपेक्षा गरिएको छ । यसैबीच, चेरी वान्डाले ग्राहकलाई हायर पर्चेजमार्फत बिना धितो गाडी खरिद गर्ने सुविधा समेत उपलब्ध गराएको जनाएको छ ।