काठमाडौं, एनसेलले नयाँ मनसुन अफर सार्वजनिक गरेको छ । यो अफरअन्तर्गत योग्य प्याक वा नयाँ प्रिपेड सिम खरिद गर्दा ५ प्रतिशतदेखि २० प्रतिशतसम्मको तत्काल क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
एनसेलका प्रिपेड ग्राहकहरूले अब प्याक एक्टिभेट गरेर बचत गर्न सक्ने कम्पनीले जनाएको छ । यो योजनामा सहभागी हुन ग्राहकहरूले ५० रुपैयाँ वा सोभन्दा माथिको योग्य प्याक एक्टिभेट गर्नुपर्छ । एक्टिभेसनपछि ग्राहकहरूले रिवार्ड पुष्टि गर्ने एसएमएस सूचना प्राप्त गर्नेछन् । त्यसपछि उनीहरूको एनसेल एपमा रहेको खातामा क्यासब्याक रिवार्ड जम्मा हुन्छ । ग्राहकहरूले उक्त रिवार्ड २४ घण्टाभित्र दाबी गरेर प्राप्त गरेको लाभ अनुसारको रिवार्ड क्यासब्याक जारी भएको एक साताभित्र प्रयोग गरिसक्नुपर्छ । कम्पनीका अनुसार प्रत्येक प्याक खरिद गर्दा क्यासब्याक रिवार्ड प्राप्त गर्न सकिन्छ । ‘यो अफर ट्रान्सफर गर्न सकिने छैन र यसलाई नगदमा रूपान्तरण पनि गर्न सकिँदैन । तर प्रत्येक पटक योग्य प्याक वा सिम खरिद गर्दा प्राप्त भएको रिवार्ड ग्राहकहरूले जम्मा गरेर राख्न र उपभोग गर्न भने सकिन्छ’, कम्पनीले भनेको छ ।
मनसुन अफरअन्तर्गत ५० देखि ९९ रुपैयाँसम्मको प्याक खरिद गर्ने ग्राहकले ५ प्रतिशत क्यासब्याक पाउनेछन् भने १ सयदेखि २ सय रुपैयाँसम्मको प्याकमा १० प्रतिशत, २ सय १ देखि ४ सय ९९ रुपैयाँसम्मको प्याकमा १५ प्रतिशत र ५ सय रुपैयाँ तथा माथिको प्याक याक्टिभेट गर्नेले खरिद मूल्यमा २० प्रतिशतसम्मको क्यासब्याक रिवार्ड पाउनेछन् । ‘ग्राहकहरूलाई सधैँ हृदयमा राख्ने कोर भ्यालु अनुरूप यस क्याम्पेनमार्फत हामीले ग्राहकहरूलाई थप मूल्य उपलब्ध गराएका छौँ । यो क्याम्पेनले तपाईँको ब्यालेन्स र अनुभव दुवैलाई थप रोमाञ्चक बनाउने छ,’ एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्तले भने ।
कम्पनीका अनुसार यो मनसुन अफर एनसेलको कल र डेटाभन्दा बाहिर जीवन्त डिजिटल इकोसिस्टम निर्माण गर्ने व्यापक प्रतिबद्धताको एक महत्वपूर्ण पाटो हो । एप प्रयोगलाई प्रोत्साहन गरेर एनसेलले ग्राहकहरूलाई सहज सेवा, रोमाञ्चक साझेदारी र दैनिक जीवनलाई समृद्ध बनाउने विभिन्न योजनाहरूसँग जोड्ने लक्ष्य राखेको छ । यो सीमित अवधिको अफर एनसेलका प्रिपेड ग्राहकहरूका लागि मात्र उपलब्ध हुने कम्पनीको भनाइ छ ।