काठमाडौं, बजाज अटो लिमिटेडले नेपालमा चेतक सी२५०१ र सी३५०३ सार्वजनिक गरेको छ । नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा चेतक इलेक्ट्रिक स्कुटरका दुई नयाँ मोडल सार्वजानिक गरेको हो ।
कम्पनीका अनुसार चेतक सी २५०१ मा २.५ केडब्लुएच लिथियम–आयन ब्याट्रीबाट सञ्चालित छ । यसले एकपटकको चार्जमा ११३ किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको । यसको अधिकतम गति ६० किलोमिटर प्रतिघण्टा रहेको छ । यसको फास्ट चार्जिङ प्रणालीले केवल २ घण्टा २५ मिनेटमा ब्याट्रीलाई शून्यदेखि ८० प्रतिशतसम्म चार्ज गर्न सक्ने जनाइएको छ । आधुनिक ग्राफिक लिभरीसहित यो स्कुटर ग्लसी एक्टिभ ब्ल्याक, ओपालेसेन्ट सिल्भर, क्लासिक ह्वाइट, रेसिङ रेड, ओसन टिल (म्याट) र मिस्टी यल्लो गरी छ फरक रंगमा उपलब्ध छ । यसको मूल्य दुई लाख ८१ हजार नौ सय रुपैयाँ तोकिएको छ ।
चेतक सी ३५०३ नेपालको विविध भूगोल तथा बदलिँदो मौसममा सहज रूपमा चलाउन सकिने गरी निर्माण गरिएको कम्पनीले जनाएको छ । ३.५ केडब्लूएच क्षमताको शक्तिशाली लिथियम–आयन ब्याट्रीबाट सञ्चालित छ । यसले एक पटकको चार्जमा १५१ किलोमिटरसम्मको रेन्ज र अधिकतम ७० किलोमिटर प्रतिघण्टाको गति प्रदान गर्ने कम्पनीको दाबी छ । सी३५०३ मा क्लियर डिजिटल एलसीडी डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी, इनकमिङ कल तथा म्यासेज अलर्ट र ३५ लिटरको फराकिलो अन्डर–सिट स्टोरेज उपलब्ध छ । सी ३५०३ इन्डिगो मेटालिक, ब्रुकलिन ब्ल्याक, म्याट चार्कोल ग्रे र साइबर ह्वाइट गरी चार आकर्षक रंगमा उपलब्ध छ । यसको मूल्य तीन लाख ३९ हजार नौ सय रुपैयाँ तोकिएको छ ।