काठमाडौं, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र महिला लघुवित्त वित्तीय संस्था लिमिटेडबीच एकआपसमा गाभिने (मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौता भएको छ । दुवै संस्थाबीच साउन २५ गते शुक्रबार मर्जरसम्बन्धी प्रारम्भिक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको हो ।
हाल काठमाडौंको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको फस्र्ट माइक्रोफाइनान्सको चुक्ता पुँजी एक अर्ब ३४ करोड रुपैयाँ रहेको छ । त्यस्तै, काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको महिला लघुवित्तको चुक्ता पुँजी २१ करोड ७५ लाख रुपैयाँ छ । मर्जरपछि बन्ने संस्थाको पुँजीगत आधार थप बलियो हुनुका साथै वित्तीय पहुँच र कार्यक्षेत्र विस्तार हुने अपेक्षा गरिएको छ । दुई संस्थाबीचको सेयर स्वाप रेसियो (शेयर मिलान अनुपात) भने विस्तृत लेखापरीक्षण प्रतिवेदन आएपछि मात्रै निर्धारण गरिनेछ ।