काठमाडौं, नेपालले फ्लेम अवार्डस एशिया २०२६ मा शानदार प्रदर्शन गरेको छ । आउटरीच नेपाल, लेमन र डिजिटल इनले संयुक्त रूपमा कुल १७ अवार्ड जितेका छन् । यसमा १३ गोल्ड, ३ सिल्भर र १ ब्रोन्ज रहेका छन् ।
हालै नयाँ दिल्लीमा आयोजित समारोहमा यी अवार्ड प्रदान गरिएको हो । विभिन्न लिडिङ ग्लोबल तथा डोमेस्टिक ब्राण्डका लागि तयार गरिएका क्रिएटिभ क्याम्पेनले यी अवार्ड जितेका हुन् । रुलर मार्केटिङ एशोसियसन अफ ईन्डियाद्वारा आयोजित फ्लेम अवार्डस एशियाले भारत तथा एशियाका इमर्जिङ मार्केट्समा उत्कृष्ट मार्केटिङ तथा कम्युनिकेसन कार्यलाई सम्मान गर्दै आएको छ । कन्ज्युमर इन्साइट, इनोभेसन, क्रिएटिभिटी, टेक्नोलोजी, कम्युनिटी इन्गेजमेन्ट तथा मेजरेबल इम्प्याक्टमा आधारित उत्कृष्ट कामलाई सम्मान गरिने गरिएको छ ।
यस वर्षको फ्लेम अवार्डस नेपालका पाँच एजेन्सीले विभिन्न विधामा अवार्ड जितेका हुन् । आउटरीच, लेमन÷डिजिटल इनसँगै स्टर्म कम्युनिकेसन नेपाल र डि२० ल्याब्सले पनि अवार्ड जित्न सफल भएका छन् ।