काठमाडौं, यामाहा रेसिङले स्पोन्सर गरेको हिमालय रोडिजको प्रि–अडिसन सुरु भएको छ । धरानमा शनिबार विजयपुर ट्रेडर्स, लाङ्गाली चोकबाट प्रि–अडिसन सुरु भएको हो । प्रि–अडिसन नेपालका विभिन्न सहरमा रहेका यामाहा सोरुमहरूमा आयोजना हुने जनाइएको छ ।
प्रि–अडिसन आइतबार बिर्तामोडस्थित सयपत्री ट्रेड लिंक, भद्रपुर बस स्ट्यान्डमा आयोजना हुनेछ । त्यस्तै, भदौ १ गते सोमबार हेटौंडाको राज मोटर्स प्रालि, रानीदरबार मार्ग तथा बुटवलको बाइकर्ज बुटवल प्रालि, कालिका नगरमा एकैसाथ प्रि–अडिसन हुनेछ । त्यसैगरी, भदौ २ गते मंगलबार बर्दिबासस्थित एमएडब्लू प्रालि, भब्सी खोलानजिक, भदौ ३ गते बुधबार धनगढीस्थित एमएडब्लू प्रालि, चौराहा र भदौ ४ गते बिहीबार काठमाडौंको एमएडब्लू प्रालि, नक्सालमा प्रि–अडिसन आयोजना हुनेछ ।