काठमाडौं, शेयर बजारमा करेक्सन देखिएको छ । अघिल्लो दिन शुन्य दशमलव २६ अंकले खुम्चिएको शेयर बजार परिसुचक नेप्से साताको चौंथो कारोबार दिन आज बिहिबार सात दशमलव १७ अंकले उकालो लागेर २६ सय २९ दशमलव ४० बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ८८ अंकले उकालो लागेर चार सय ६२ दशमलव ८९ बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय ४५ वटा कम्पनीहरुको ४७ हजार नौं सय १९ पटकको कारोबारमा ९५ लाख सात सय ६६ कित्ता शेयर खरिद बिक्री भएकाछन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम चार अर्ब ४० करोड १४ लाख नौं हजार आठ सय ५८ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएकोमा छ वटा उपसमुहहरुको सुचक उकालो लागेर बाँकी उपसमुहहरुको सुचक खुम्चिएका छन् । जसमध्ये बाणिज्य बैंक, जलबिद्युत, जीवन बीमा, लगानी, उत्पादनमुलक र अन्य उपसमुहको सुचक उकालो लागेका छन् भने बिकास बैंक, फाईनान्स, निर्जीवन बीमा, होटल तथा पर्यटन, लघुवित्त, सामुहिक लगानी कोष र व्यापार उपसमुहको सुचक ओरालो लागेका छन् ।