काठमाडौं, सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/०८३ को लागि लाभांश घोषणा गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले उक्त आवको नाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
बैंकले चुक्ता पुँजी तीन अर्ब ७३ करोड ४० लाख ६८ हजार पाँच सय रुपैयाँको चार प्रतिशतका दरले हुन आउने १४ करोड ९३ लाख ६२ हजार सात सय ४० रुपैयाँ बराबरको बोनश सेयर र छ दशमलव ५२ प्रतिशतका दरले हुन आउने २४ करोड ३६ लाख ९७ हजार एक सय दुई रुपैयाँ बराबरको नगद लाभांश (करसहित) गरी कुल १० दशमलव ५२ प्रतिशत अर्थात् ३९ करोड ३० लाख ५९ हजार आठ सय ४२ रुपैयाँ बराबरको लाभांश वितरण गर्न घोषणा गरेको हो । घोषित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।