काठमाडौं, शेयर बजार परिसुचक नेप्से पुन: खुम्चिएको छ । अघिल्लो दिन चार दशमलव ६४ अंकले ओरालो लागेको नेप्से परिसुचक साताको तेस्रो कारोबार दिन आज बुधबार सात दशमलव ७९ अंकले ओरालो लागेर २६ सय ८८ दशमलव ८८ बिन्दुमा खुम्चिएको छ ।
क बर्र्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ७८ अंकले ओरालो लागेर चार सय ७० बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय ४३ वटा कम्पनीहरुको ४८ हजार ७२ पटकको कारोबारमा ९७ लाख ७७ हजार पाँच सय १२ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम चार अर्ब दुई करोड ९३ लाख ९० हजार तीन सय ५१ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये अन्य र सामुहिक लगानी कोष उपसमुहको सुचक बढेपनि बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका ११ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।