म्याग्दी, आफ्नै हजुरआमा ७२ वर्षीया मन कुमारी घिमिरेको हत्या गरेको अभियोगमा बेनी नगरपालिका–२ खबरा बस्ने २५ वर्षीय आशिष बरूवाललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । आशिषले धारिलो हतियार दाउ प्रहार गरी मन कुमारीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले आशिषले सोही नगरपालिका–२ हाडेभिरबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।