Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगओप्पो ग्लोबल मार्केटिङ प्रमुखमा ‘लाई ल्यू’ नियुक्त

ओप्पो ग्लोबल मार्केटिङ प्रमुखमा ‘लाई ल्यू’ नियुक्त


काठमाडौं, वैशाख १६
ओप्पोले ‘लाई ल्यू’लाई ग्लोबल मार्केटिंगका रुपमा नियुक्त गरेको घोषणा गरेको छ । उनले चीनका सीएमओका रुपमा समेत रहँदै ओप्पोका प्रमुख कार्यकारी अधिकृत तथा संस्थापक टोनी चन्लाई डाइरेक्ट रिपोर्टिंग गर्नेछन् । साथै, ब्रायम शेनले उनको व्यक्तिगत स्वास्थ्यका कारण आफ्नो पदभारबाट डाउन स्टेप गर्ने जानकारी पनि दिइएको छ ।

आईडीसीका अनुसार सन् २०१९मा ओप्पोको शिपमेन्ट वैश्विक रुपमा १ सय १४ दशमलव ३ मिलियन पुगेको छ । यसका साथै ८ दशमलव ३ प्रतिशत बजार हिस्साका साथमा ओप्पो ग्लोबल स्मार्टफोन मार्केटमा पाँचौँ स्थानमा रहन सफल रहेको छ । हाल ओप्पोको प्रमुख लक्ष्य ग्लोबलाइजेसन हो । कम्पनीका अनुसार ओप्पोका लागि वैश्विक बजारमा उपस्थिति उत्पादनको बिक्रीका लागि मात्र नभई संघटन/एकीकरण तथा वैश्विक संसाधनको उपयोग गर्दै हरेक बजारमा आफ्नो प्रतिबद्धतालाई थप गहिराइ प्रदान गर्नु हो ।

वैश्विक बजारमा ओप्पोको बृहत्तर विकाससँगै अझ सटिक वैश्विक तैनाथीका लागि नयाँ रणनीति अपनाउनु आवश्यक रहेको कम्पनीले जनाएको छ । भविष्यमा ओप्पोले आफ्ना प्रमुख बजारहरुमा ग्लोबलाइजेसन क्षमतामा विस्तार गर्दै आफ्ना उपभोक्तालाई अझ उत्कृष्ट सेवा तथा उत्पादन उपलब्ध गराउने जनाएको छ । अप्रिल २० बाट व्यक्तिगत स्वास्थ्य अवस्थाका कारण कम्पनीका ग्लोबल मार्केटिङका निबर्तमान अध्यक्ष ब्रायन शिनले आफ्नो पदबाट स्टेप डाउन गरेको जानकारी पनि दिइएको छ । साथै, उनको साथ र सहयोगको कदर गर्दै चाँडै नै कम्पनीमा फर्कने आशा रहेको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x