व्यवसायजन्य स्वास्थ्य सुरक्षाको सर्वेक्षण सार्वजनिक
काठमाडौं । उद्योग संगठन मोरङले सुनसरी मोरङ औद्योगिक करिडोरमा सञ्चालनमा रहेका उद्योग प्रतिष्ठानमा व्यवसायजन्य स्वास्थ्य सुरक्षाको अवस्था र गर्नुपर्ने सुधारका विषयमा सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । संगठनले व्यवसायजन्य स्वास्थ्य सुरक्षाका मापदण्डलाई आधारमा राखी सही सर्वेक्षण गरेको जानकारी दिएको छ ।
प्रतिवेदन सार्वजनिक कार्यक्रममा उद्योग संगठनका अध्यक्ष राकेश सुरानाले असल उत्पादनका अभ्यास र व्यवसायजन्य स्वास्थ्य सुरक्षाको अन्तरसम्बन्ध हुने भन्दै संगठनले असल उत्पादनका अभ्यासलाई प्राथमिकता राखी सोहीअन्तर्गतका गतिविधिलाई बढावा दिने स्पष्ट पारेका थिए । अध्यक्ष सुरानाले व्यवसायजन्य स्वास्थ्य सुरक्षा उत्पादकत्व अभिवृद्धि, दुर्घटना न्यूनीकरण र मानिसको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने भएको बताउँदै आगामी दिनमा संगठनका तर्फबाट उद्योग प्रतिष्ठानमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी सुधारका पक्षमा ध्यान केन्द्रित गर्न सबै उद्योग प्रतिष्ठानलाई आग्रह गरे ।
उद्योगको सर्वेक्षण गर्ने सर्वेक्षक विजु थपलियाले आफूले सर्वेक्षण गरेको प्रतिवेदन प्रस्तुत गर्दै स्वास्थ्य सुरक्षाका लागि व्यावहारिक पक्षहरू सुधार गर्नुपर्नेमा जोड दिएका थिए । उनले व्यवसायजन्य स्वास्थ्य सुरक्षाका सन्दर्भमा व्यवस्थापकीय तह र श्रमिक तहमा चेतनास्तर फरक रहको बताउँदै जोखिम न्यूनीकरण र श्रमिकको सुरक्षा चेतना अभिवृद्धि गर्नुपर्नेमा कुुरामा सबै उद्योग प्रतिष्ठानहरूलाई जोड दिनुुपर्ने औँल्याए ।
उद्योग प्रतिष्ठानहरूले कार्यस्थल निर्माणदेखि संस्कृति विकासका लागि सञ्चालनमा रहेका सबै उद्योग प्रतिष्ठानले आपतकालीन सुरक्षा योजना बनाउनुपर्नेमा थपलियाको जोड थियो । संगठनले इन्स्योर परियोजनाको सहकार्यमा सो सर्वेक्षण गरेको हो । सर्वेक्षणमा आधारित रही निकट भविष्यमा यस क्षेत्रको उद्योग प्रतिष्ठानमा व्यवसायजन्य स्वास्थ्य सुरक्षा अडिट गर्नुुपर्ने सर्वेक्षक थपलियाले बताए । कार्यक्रममा संगठनका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, सदस्य दीपक अग्रवाल, इन्स्योर हेल्भेटासका प्रदेश परियोजना प्रमुख सञ्जीव राईलगायतका प्रतिनिधिसहित करिडोरमा सञ्चालित विभिन्न उद्योग प्रतिष्ठानका सञ्चालक एवम् व्यवस्थापकलगायतको सहभागिता रहेको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8
ताजा अपडेट
- बझाङमा आधा घन्टापछि झन ठूलो भूकम्प
- आरजुलाई २ करोड दिएको अडियो सार्बजनिक गरेपछि फिदिम नगर सभापति गुरुङमाथि कांगेसको दण्ड ! के हो २ करोड काण्ड ?
- निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रकृयामा आधारभूत सुधारको खाँचो: डा. उप्रेती
- १९ सय ५८ बिन्दुमा खुम्चियो सेयर बजार, सबै सुचक रातै
- बझाङमा ५.३ रेक्टरको भूकम्प
- व्यक्तिहत्याका रिगलको कैद सजाय माफीविरुद्ध रिट
- नेपालगञ्जमा कर्फ्यू जारी भएसँगै स्थिति सामान्य
- तनहुँमा फस्टाउँदो ड्रागन खेती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया