दोस्रो हिमालयन इन्टरनेसनल एक्स्पो असोज अन्तिम साता हुने
काठमाडौं । ‘दोस्रो हिमालयन इन्टरनेसनल एक्स्पो २०८०’ असोज अन्तिम साता राजधानीमा आयोजना हुने भएको छ । हिमालयन इन्टरनेसनल एक्स्पो आईएनसीले राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा अन्तर्राष्ट्रियस्तरको एक्स्पो आयोजना गर्न लागेको हो ।
सो एक्स्पो असोज २६ गते देखि २९ गतेसम्म सञ्चालन गर्न लागेको आयोजकले जनाएको छ । एक्स्पोमार्फत स्थानीय हस्तकला तथा साना र मझौला उद्योगका उत्पादनको प्रवर्द्धन गर्ने र यस्ता उत्पादनलाई प्रदर्शनीमार्फत विश्व बजारमा पहुँच गराई निर्यातमा सघाउने उद्देश्य रहेको आयोजक पक्षले जनाएको छ । एक्स्पोमा हस्तकलाजन्य सामग्री, अल्लो, सिस्नो, केरा, बाँस, केतुकी, भुइँकटरलगायतका प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादन, विभिन्न प्रदेशका मौलिक परिकार तथा अन्य सामग्री रहने एक्स्पोका संयोजक कपिल अधिकारीले बताए । यसैगरी राउटे तथा चेपाङ समुदायले बनाएका काठका सामग्री, तेह्रथुमको ढाका, संखुवासभाको करुवा, भोजपुरको खुकुरी, जैविक स्रोतबाट बनेका शृङ्गारको सामग्री तथा महबाट बनेका सौन्दर्य प्रसाधनका सामग्री, जैविक तथा आयुर्वेद उपचार प्रक्रियामा उपयोग गरिने प्राकृतिक औषधीय सामग्री, मसला, छोप, हस्तकलाका उत्पादनलगायतका सामग्रीमा पनि उपभोक्ताको आकर्षण देखिने अपेक्षा लिइएको छ ।
यसका साथै पश्मिना, स्टोन, माला, क्युरियाको सामान, गलैँचा, गार्मेन्टका सामान, सिसा पाइपहरू, नेपाली कागज, मूर्तिकला, धातुकला, काष्ठकला, फेल्ट, गरगहनाहरू, हेन्ड मेड पेपरहरू, पेपर प्याकेजहरू, नेपाली ढाकाहरू, कार्पेट, घरेलु साना तथा ठूला उद्योगबाट उत्पादित वस्तु, जडिबुटी, सजावटका सामान, पर्यटन उद्योगसँग सम्बन्धित सेवाहरू जस्तै; होटल, ट्रेकिङ, ट्राभल्स, खानपिन, टुर्स, धर्म, कला र संस्कृतिसँग सम्बन्धित क्रियाकलाप) प्रदर्शनीका आकर्षणका रूपमा रहने आयोजक पक्षले जनाएको छ । इन्टरनेसनल एक्स्पोमा पाँच सय जनाभन्दा बढी विदेशी क्रेताहरू (अमेरिका, क्यानडा, युरोप, चीन, भारतलगायत अन्य देशहरूबाट)को आगमन हुने भएको छ ।
यस्तै, प्रदर्शनीमा सहभागी अवलोकनकर्तालाई डिजिटल कारोबारमा अभ्यस्त बनाउन विशेष प्याकेज ल्याइएको छ । निःशुल्क रजिस्ट्रेसन गरी प्रदर्शनीस्थलमा प्रवेश गर्ने अवलोकनकर्तालाई एक सय रुपैयाँको अनलाइन सपिङ भौचर उपलब्ध गराइने भएको छ । सो भौचरमार्फत अवलोकनकर्ताले इन्टरनेसनल एक्स्पोस्थलमा रहेका स्टलहरूमा सामान तथा वस्तु खरिदका लागि प्रयोग गर्न सक्ने हिमालयन इन्टरनेसनल एक्स्पो आईएनसीका संयोजक अधिकारीले बताए । अर्नसिक्का नामक डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनीसँगको साझेदारीमा एक्स्पोको डिजिटल कारोबारमा साझेदारी गर्न लागिएको छ ।
नेपालको प्राचीन स्मारक एवम् सम्पदा, मौलिक उत्पादनको संरक्षण र प्रवद्र्धनप्रति सम्बद्ध सबैमा आफ्नो उत्पादन अन्तर्राष्ट्रियस्तरमा परिचित गरार्ई एक्स्पोस्थल लिएर उपयुक्त स्थानहरूमा आफ्नो संस्था, फर्म, कम्पनीको नाम र लोगो राखी व्यापार गर्न गराउन इच्छुक सबैमा स्टल बुकिङ खुला गरिएको छ । हिमालयन इन्टरनेसनल एक्स्पो आईएनसीले स्थानीय उत्पादनको लागि अन्तर्राष्ट्रियस्तरमा परिचित एवम् बिक्री वितरणका लागि अघिल्लो वर्ष आयोजना गरेको एक्स्पोमा तीन सय ५० जना विदेशी क्रेताहरूले भ्रमण गरेका थिए । हिमालयन इन्टरनेसनल एक्स्पो आईएनसीले यसपालि आयोजना गर्ने एक्स्पोमा स्वदेशी तथा विदेशी गरी एक सय स्टल रहने भएका छन् । एक्स्पोको क्रममा हस्तकलासम्बन्धी जीवन्त कलाको प्रदर्शनी, समसामयिक विषयमा गोष्ठी, क्रेता र विक्रेताबीच अन्तर्क्रिया कार्यक्रम आयोजना गरिने बताइएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8
ताजा अपडेट
- फुकोट कर्णालीको इआइए प्रतिवेदनमा सुझाव माग
- हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
- सुमो चालक आचार्यको शव शङ्कास्पद अवस्थामा फेला
- १९औँ एसियाली खेलकुद : नेपालले महिला फुटबलमा बङ्लादेशसित बराबरी खेल्यो
- राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
- सूचनाको हकलाई दुरुपयोग गर्न हुन्न : सभामुख घिमिरे
- नेपाल क्रिकेट: कीर्तिमानी ब्याटर दीपेन्द्र र कुशलको कहानी यस्तो !
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया