बुलिङ एयर ईभीको स्टलमा ग्राहकको घुइँचो
काठमाडौं । नेपाली बजारमा बुलिङ एयर ईभी बिक्री–वितरण गरिरहेको बज्र ग्रुपअन्तर्गतको ईभी नेपाल मोटर्सले नाडा सोमा राखेको स्टलमा ग्राहकको भीड लागेको छ । अहिलेसम्म ५९ वटा बुलिङ एयर ईभीको बुकिङ भइसकेको कम्पनीले जनाएको छ । यस्तै, सोको अन्तिम दिनसम्ममा एक सय वटा बुलिङ एयर ईभीको बुकिङ हुने कम्पनीको विश्वास रहेको छ ।
कम्पनीले फरक शैलीमा स्टल राखेर आउने ग्राहकलाई बाई वान गेट वान सुविधा समेत उपलब्ध गराएको जनाएको छ । कम्पनीका अनुसार तीन सय किमि बुलिङ किन्ने ग्राहकले थाइल्याण्ड भिजिट अवसर पाउने कम्पनीले जनाएको छ । ग्राहकले बुलिङको स्टलबाट त्यही बसेर ईएमआई १७, ९, २५ फाइनान्सको सुविधा, गाडी एक्सचेन्जको सुविधा समेत पाउने कम्पनीले जनाएको छ । बुलिङ एयर ईभी दुई सय र तीन सय किलोमिटर रेन्ज दिने दुई भेरिएन्टमा उपलब्ध रहेका छन् । यसको मूल्य क्रमशः २० लाख ९९ हजार र २६ लाख ९९ हजार रुपैयाँ रहेको बताइएको छ । बुलिङ एयर ईभी फोर सिटर र थ्री डोर ह्याचब्याक हो । सिटी ड्राइभिङका लागि उपयुक्त सो इलेक्ट्रिक कार ३० किलोवाट क्षमताको छ भने यसमा भएको लिथियम आइरन फस्फेट ब्याट्रीले तीन सय किलोमिटरसम्मको रेन्ज दिने बताइएको छ ।
अत्याधुनिक उपकरण प्रयोग गरिएको र उकालो तथा ओरालो जस्तोसुकै कठिन सडकमा पनि यसलाई चलाउन सकिन्छ । रिमोटबाटै सञ्चालन गर्न सकिने, सजिलै घरमा चार्ज गर्न सकिने र एक सय रुपैयाँ खर्चमा तीन सय किलोमिटर चलाउन सकिने यो इलेक्ट्रिक कार चढ्दा खर्चको बचत हुने, इन्धन हाल्न नपर्ने, सर्भिस र पार्ट्स खर्च नहुने तथा वातावरण समेत स्वच्छ राख्न सहयोग पुग्ने कम्पनीको भनाइ छ । कम्पनीले नेपाली बजारमा छिटै अर्को नयाँ मोडेल बुलिङ विङ्गो फोर डोर ईभी पनि नेपालमा सार्वजनिक गर्ने तयारी गरेको कम्पनीका एसिस्टेन्ट जेनेरल म्यानेजर एन के शरदले जानकारी दिए ।
कम्पनीले नाडा अटो सोको स्टलमा जनकपुरधाम, कुमारी, स्वयम्भु, बसन्तपुर दरवार, डमरु इत्यादिको प्रदर्शनी समेत राखेको छ । देशको संस्कृतिको जगेर्ना गर्ने र देशमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन होस् भनेर कम्पनीले सो तस्बीर प्रदशनीमा राखेको जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा दर्ता नगर्नुको कारण माग
- बीआरआई कार्यान्वयनको प्रतिबद्धतापछि मात्र पूर्वाधारमा सहयोग गर्ने चिनियाँ आश्वासन
- ‘खबरमा छु प्रिय’ विमोचन
- आन्दोलनरत डाक्टरहरु र सरकारबीच सहमति
- नेपाल र चीनबीच भएको सहमतिमा नौलो कुरा के छ ?
- अबदेखि होर्डिङ बोर्डमा विदेशी कलाकार देखिन नहुने
- शिक्षकका समस्या हल हुने गरी विधेयक पारित गर्नुपर्छ : सभापति देउवा
- योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव नियुक्त
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया