Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग५० रूपैयाँको टपअपमा थाइल्याण्ड घुम्न पाइने

५० रूपैयाँको टपअपमा थाइल्याण्ड घुम्न पाइने


काठमाडौं । खल्तीले ५० रूपैयाँको टपअपमा थाइल्याण्ड घुम्न पाइने अफर सार्वजनिक गरेको छ । कम्पनीले टपअपमा आईफोन र डायमन्ड रिङको अफरपश्चात बन होलिडेजको सहकार्यमा आफ्ना ग्राहकहरूका लागि टपअपमा थाइल्याण्ड भ्रमणको नयाँ अफर ल्याएको हो ।

कम्पनीका अनुसार यो अफरअन्तर्गत ‘खल्ती’ प्रयोगकर्ताले मंसिर १५ देखि पुष २९ सम्म ५० रूपैयाँको टपअप गरी थाइल्याण्ड भ्रमणको लक्की ड्रमा सहभागी हुने मौका पाउनेछन् । साथै, हरेक टपअपमा २५ खल्ती पोइन्ट्स पनि प्राप्त गर्नेछन् । यो अफरमा सहभागी हुन ग्राहकले खल्तीको फिचर्ड सर्भिसेस सेक्सनमा रहेको ‘टपअपमा थाइल्याण्ड ट्रिप’ आइकनबाट ५० रूपैयाँको रिचार्ज गर्नुपर्नेछ । रिचार्ज गरेपश्चात केवाईसी भेरिफाइड ग्राहकहरू थाइल्याण्ड ट्रिप जित्नयोग्य हुनेछन् भने २५ रूपैयाँ खल्ती पोइन्ट्स पनि तुरुन्तै आफ्नो खल्ती खातामा प्राप्त गर्नेछन् । केवाईसी भेरिफाइड ग्राहकले पनि तुरुन्तै आफ्नो केवाईसी भेरिफाइड गराई अफरमा सहभागिता जनाउन सक्नेछन् ।

यसरी सहभागिता जनाउने खल्ती प्रयोगकर्तामध्ये नै एक भाग्यशाली जोडी विजेताको घोषणा अफर सकिएको हप्ता दिनभित्रमा खल्तीको फेसबुक लाइभमार्फत हुनेछ । ‘टपअपमा थाइल्याण्ड ट्रिप’ अफर भने मंसिर १५ देखि पौष २९ सम्म सञ्चालन हुनेछ’, खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्छन्, ‘डिजिटल भुक्तानीप्रति उत्प्रेरित गर्न हामीले प्रदान गर्दै आएका अफरमध्ये एकदमै रूचाइएको अफर टपअपको पनि हो । गएको मंसिर हामीले टपअपमा डायमन्ड रिङ अफर पनि सञ्चालन गरेका थियौँ र यो ४५ दिनसम्म सञ्चालन हुने अफरअन्तर्गत ५५ हजारभन्दा धेरै प्रयोगकर्ता अफरमा सहभागी भएका थिए । यसरी नै टपअपमा थाइल्याण्ड ट्रिप अफरमार्फत हामी थप प्रयोगकर्तालाई डिजिटल भुक्तानीप्रति आकर्षित गर्दै लाभान्वित गर्ने कुरामा विश्वस्त छौं ।’

वन होलिडेजका प्रमुख कार्यकारी अधिकृतले भने ‘वन होलिडेज गुणस्तरीय सेवा र सुविधा प्रदान गर्ने कम्पनीको रूपमा आफूलाई स्थापना गर्न सफल रहेको छ । यसैअनुरूप हामी थप व्यक्तिहरूलाई हाम्रो सेवासुविधा प्रदान गर्ने उद्देश्यका साथ खल्तीसँग ‘टपअपमा थाइल्याण्ड ट्रिप‘ अफरअन्तर्गत सहकार्य गर्दै अघि बढिरहेका छौं । हामी यस अफरका बिजेतालाई पनि गुणस्तरीय सेवा र सुविधा प्रदान गर्ने कुरामा विश्वस्त छौँ ।’ वन होलिडेजले सन् २०१४ देखि हवाई टिकट, होटल बुकिङजस्ता सुविधाहरू उपलब्ध गराउँदै आएको छ । यसले ट्राभल एजेन्सीले हालसम्म प्रत्यक्ष साथै बीटुबी च्यानलहरू मार्फत ७० हजारभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्न सफल भएको छ ।

सम्पूर्ण नेपालीहरूमा वित्तीय साक्षरता पु¥याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवामार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई, सिनेमा, र इभेन्ट टिकट बुकिङ, बीमा शुल्क, इ–कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू र अन्य थुप्रै डिजिटलाइज्ड सेवाहरू उपलब्ध गराउँदै आएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया