Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगगुरुजीबाट साहुजी बनाउने अशोक लेल्यान्डको योजना

गुरुजीबाट साहुजी बनाउने अशोक लेल्यान्डको योजना


काठमाडौं । अशोक लेल्याण्ड गाडीका लागि नेपालको एकमात्र आधिकारिक विक्रेता आइएमई मोटर्सले ‘गुरुजीबाट साहुजी २०२४’ बनाउने योजना ल्याएको छ । कम्पनीले मात्र एक लाख ५० हजार रुपैयाँमा दोस्त गाडी खरिद गर्न सकिने गरी यो योजना ल्याएको हो ।

कम्पनीेका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुरनिकले चालकहरूलाई स्वरोजगार बनाउने उद्देश्यअनुसार यो अभियान सञ्चालन गरिएको बताइन् । कम्पनीले गत वर्ष पनि यसप्रकारको योजना ल्याएको उनले जानकारी दिइन् । अशोक लेल्याण्डका लाइट कमर्सियल भेहिकल (दोस्त) सिरिजका गाडीहरूमा यो योजना लागू गरिएको छ । यो योजनाअन्तर्गत ८० प्रतिशतसम्म विनाधितो कर्जा सुलभ ब्याजदर उपलब्ध हुनेछ ।

पाँच वर्षको वारेन्टी सुविधा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ । शक्तिशाली डिजेन इन्जिनमा उपलब्ध यो गाडी पावर डेलिभरीका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ । माइलेज पनि राम्रो रहेकाले दोस्तका ग्राहकहरू लाभान्वित हुने कम्पनीले जनाएको छ । अरूको गाडी चलाइरहेका गुरुजीलाई आफ्नै गाडी खरिद गरी व्यापार व्यवसाय गर्न तथा स्वरोजगार बन्न यो योजना लाभान्वित हुने कम्पनीको विश्वास छ । अशोक लेल्याण्डका शाखाहरूबाट योजनाका बारेमा विस्तृत जानकारी दिन सकिने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया