Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठअटो बजाररेसिङ अटोमोबाइल्सको ‘नयाँ वर्ष बम्पर योजना’

रेसिङ अटोमोबाइल्सको ‘नयाँ वर्ष बम्पर योजना’


काठमाडौं । रेसिङ अटोमोबाइल्सले अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा आफ्ना ग्राहकका लागि बम्पर योजना सार्वजनिक गरेको छ । यसअन्तर्गत नयाँ वर्षको अवसरमा गाडी खरिद गर्ने हरेक ग्राहकलाई एक वर्षसम्म नै इन्धन उपहारमा दिने सो कम्पनीले जनाएको छ ।

कम्पनीको अनुसार यो योजना आइतबार राति १२ बजेदेखि लागू भई ३० दिनसम्म चल्नेछ । सो समयमा कम्पनीमार्फत नयाँ तथा पुराना जुनसुकै गाडी खरिद गर्ने ग्राहकले पनि सन् २०२४ भरि नै हरेक महिना इन्धन खरिदको लागि दुई हजार २४ रुपैयाँ प्राप्त गर्ने छन् । यस्तो नगद उपहारको अलावा हरेक ग्राहकले आकर्षक गिफ्ट ह्याम्पर समेत प्राप्त गर्ने अटोमोबाइल्सका अध्यक्ष रुद्र ढुङ्गेलले जानकारी दिए । उनका अनुसार यस्तो सुविधा र उपहार प्राप्त गर्न खरिदकर्ताले तोकिएको समयभित्र प्रत्यक्षरूपमा अटोमोबाइल्सको सोरुम तथा बिक्री कार्यालयमा उपस्थित भएर वा कुनै पनि डिजिटल भुक्तानीमार्फत गाडी बुकिङ गरेको हुनुपर्नेछ ।

कम्तीमा २५ हजार रकम बुझाएर गाडी बुकिङ गर्ने ग्राहक यस्तो उपहार र सुविधाको हकदार हुने कम्पनीले जनाएको छ । सबै प्रकारका नयाँ तथा पुराना गाडीहरूको बिक्रीवितरण गर्दै आएको रेसिङ अटोमोबाइल्स कलंकी भाटभटेनीदेखि दुई सय मिटर पूर्वतर्फ रेसिङ बजारमा रहेको छ । रेसिङ अटोमोबाइल्सले सुलभ मूल्यमा ग्राहकको रोजाइअनुसारका सबै प्रकारका नयाँ तथा पुराना गाडीहरू उपलब्ध गराएर गाडीका पारखी र आम ग्राहकबीच लोकप्रियता हासिल गरेको दाबी गरेको छ ।


क्याटेगोरी : अटो बजार, कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया