Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगडीएभी कलेजले फुटसल प्रतियोगिता गर्ने

डीएभी कलेजले फुटसल प्रतियोगिता गर्ने


काठमाडौं । ललितपुरको जावलाखेलमा अवस्थित डीएभी कलेज (प्लस टु) ले उपत्यकाव्यापी पाँचौँ फुटसल प्रतियोगिता गर्ने भएको छ । खेलकुदका माध्यमबाट विद्यार्थीहरूमा अनुशासन मित्रता तथा सहअस्तित्वको भावना अभिवृद्धि गर्ने उद्देश्यले माघ १३ गते सो प्रतियोगिता आयोजना गर्ने भएको हो ।

कलेजका प्रिन्सिपल सुमन बस्नेतका अनुसार आफ्नै फुटसल मैदानमा सञ्चालन हुने उक्त प्रतियोगिता देशकै सर्वाधिक धनराशिको हुने बताइएको छ । प्रतियोगितामा विजेता टिमलाई तीन लाख रुपैयाँ नगद, ट्रफी तथा प्रमाणपत्र र उपविजेता टिमलाई दुई लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने बस्नेतले जानकारी दिए । साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक तथा उत्कृष्ट खेलाडीलाई जनही १५ हजार रुपैयाँ प्रदान गरिने बताइएको छ । प्रतियोगितामा सुरुमा दर्ता हुने उपत्यकाका ३२ वटा टिमलाई मात्र सहभागी गराइने छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया