Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगफोटोनको हाई रुफ ईभी भ्यान नेपालमा

फोटोनको हाई रुफ ईभी भ्यान नेपालमा


काठमाडौं । अटोमोटिभ इनोभेसनमा विश्वकै अग्रणी ब्राण्ड फोटोनले नेपालमा १४ र १५ सिटर हाई रुफ ईभी भ्यान सार्वजनिक गरेको छ । नेपालमा आधिकारिकरूपमा सार्वजनिक भएको फोटोनको हाई रुफ ईभी भ्यानले दिगो र उन्नत गतिशीलता प्रदान गर्ने कम्पनीको दाबी छ ।

नेपालमा ५७ लाख रुपैयाँ (१५ सिटर) को मूल्यमा फोटोनले यो ईभी भ्यान सार्वजनिक गरेको छ । यस्तै, कम्पनीले ८० प्रतिशतको फाइनान्सिङको सुविधा पनि प्रदान गर्ने जनाएको छ । यी ईभी भ्यानहरू युरोपियन युनियन डब्लूभीटिए प्रमाणित सवारी साधनहरू हुन्, यसको परीक्षण र निरीक्षण प्रख्यात जर्मन संस्था टीयूभी रेनल्याण्डद्वारा गरिएको छ । फोटोनले यो गाडीको स्थायित्वका लागि तीन लाख किमि वा पाँच वर्षको वारेन्टी प्रदान गरेको छ । हाई रुफ ईभी भ्यानमा ८५ किलोवाटको पावर, फराकिलो भित्री भाग र आरामदायी सवारीको लागि फुल एसी रहेको छ । कम्पनीका अनुसार यो गाडीमा ५० दशमलव २३ किलोवाट पावरको क्याटल ब्याट्री रहेको छ, जुन विश्वकै सबैभन्दा ठूलो व्याट्री उत्पादक हो ।

फोटोन नेपालका सेल्स हेड नवीन आचार्यले फोटोन हाई रुफ ईभी भ्यान यस सेग्मेन्ट उन्नत प्रविधिको लागि मात्र नभई यसको विशाल इन्टेरियरका कारण चालक र यात्रुहरू दुवैका लागि अतुलनीय आरामको सुनिश्चितताका लागि पनि विशिष्ट रहेको बताए । उनका अनुसार यसको कम मर्मत खर्चले सवारी धनीहरूलाई थप बचत गर्न पनि सघाउँछ । भ्यानलाई नेपालको मौलिक सडक अवस्थाका लागि सावधानीपूर्वक डिजाइन गरिएको बताइएको छ ।

एमएडब्लूका कार्यकारी निर्देशक विष्णुकुमार अग्रवालले फोटोन लगातार नयाँ प्रविधिहरूसँग अद्यावधिक रहने इनोभेसनको आर्किटेक्ट भएको बताए । ग्राउन्डब्रेकिङ भेहिकल इनोभेसनका अतिरिक्त फोटोनले नेपालभरका ईभी चार्जिङ स्टेसनहरूमा सक्रियरूपमा लगानी गरिरहेको उनले जानकारी दिए । ईभीको प्रयोगले नेपालको समृद्ध जलस्रोतलाई मान्यता दिँदै आयातित पेट्रोल र डिजेलमाथिको कम निर्भरताले मुलुकको समग्र आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने उनको भनाइ छ ।

फोटोनसँग परम्परागत पेट्रोलियम र डिजेल सवारीसाधनदेखि लिएर अत्याधुनिक ईभी, हाइड्रोजन, सीएनजी र एलएनजी सवारी साधनसम्मको विविध उत्पादनहरूको लाइनअप छ । अटोमोबाइल उद्योगका दिग्गज कम्पनीहरू कमिन्स, जेडएफ, बेन्ज र पियागियोसँगको सहकार्यमा फोटोनले विश्वव्यापी उत्कृष्टताको आफ्नो विरासत जारी राखेको जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया