Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटीभीएस आइक्युबको ग्रिन रिभोलुसन राइड

टीभीएस आइक्युबको ग्रिन रिभोलुसन राइड


काठमाडौं । नेपालका लागि टीभीएस मोटरको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर टीभीएस आईक्युब राइडको आयोजना गरेको जनाएको छ ।

टीभीएस आईक्युबले एक लाख किलोमिटरको यात्रा सम्पन्न भएको जानकारी दिएको छ । एक लाख किमिको कोशेढुङ्गा पार गरेको खुसीयालीमा टीभीएस मोटर कम्पनीले जगदम्बा मोटर्स प्रालिको सहकार्यमा ग्रिन रिभोलुसन राइड सञ्चालन गरेको हो । नक्सालको टीभीएस सोरुमबाट सुरु भई भक्तपुरमा समाप्त भएको टीभीएस आईक्युब ग्रिन रिभोलुसन राइडमा ३० जना राइडरहरूको सहभागिता थियो । यस राइडको मुख्य उद्देश्य वातावरणीय प्रदूषणविरुद्ध लड्ने, रूख बचाउने र ध्वनि प्रदूषण रोक्नमा पहल गर्नु थियो ।

टीभीएस आईक्युब कम्पनीले नेपाली बजारमा लन्च गरेको पहिलो इलेक्ट्रिक स्कुटर हो । बेस्ट इन क्लास इन्डुरेन्स (सिङ्गल चार्जमा नै धेरैभन्दा धेरै माइलेज दिने), राइडिङ कम्फर्ट, इको फ्रेन्डलिनेस, आकर्षक मूल्यजस्ता विशेषताहरूले लन्च भएको चार महिनाभन्दा कम समयमा नै उल्लेखनीय उपलब्धि हासिल गर्न सफल भएको कम्पनीको दाबी छ । यस ग्रिन रिभोलुसन राइडमा अन्य पेट्रोल स्कुटर राइडको तुलनामा तीन हजार पाँच सय किलो कम कार्बनडाइअक्साइड उत्पादन भएको कम्पनीले जानकारी दिएको छ । साथै, अन्य पेट्रोल स्कुटर राइडको तुलनामा लगभग २५० लिटर कम इन्धन खपत भएको पनि कम्पनीले जनाएको छ । समग्रमा ग्राहकको इन्धन लागतमा चार दशमलव छ लाख रुपैयाँ बचत भएको कम्पनीको दाबी छ । साथै, सरकारी कोषमा परेको विदेशी मुद्राको भार पनि घटाउन यसले मद्दत पु-याएको छ ।

कम्पनीका अनुसार विश्वव्यापीरूपमा टीभीएस आईक्युब दुई लाख २५ हजार घरहरूमा पुग्न सफल भएको छ । एक दशमलव २५ बिलियन किलोमिटरभन्दा बढी दूरी गुड्दा टीभीएस आइक्युबले १५ मिलियन लिटर इन्धन बचत गरेको र ४३ हजार सात सय ६५ टन कार्बन उत्सर्जन घटाएको कम्पनीले जनाएको छ । टीभीएस आइक्युबले सिंगल चार्जमा एक सय किलोमिटरको रेन्ज प्रदान गर्छ । शक्तिशाली चार दशमलव छ किलोवाट हब माउन्टेड मोटरद्वारा सञ्चालित टीभीएस आइक्युबले सात किलोमिटर प्रतिघण्टाको टप स्पिड दिनुका साथै मात्र चार दशमलव दुई सेकेन्डमा ०–४० किलोमिटर प्रतिघण्टासम्म एक्सेलरेसन दिने कम्पनीको भनाइ छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया