Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभिभो स्मार्टफोनकोे अफर

भिभो स्मार्टफोनकोे अफर


काठमाडौं । टेक्नोलोजी ब्रान्ड भिभोले अनलाइन सपिङ प्लेटफर्म दराज नेपालसँगको सहकार्यमा आफ्ना स्मार्टफोनहरूमा विशेष अफर घोषणा गरेको छ । कम्पनीले घोषणा गरेको यो अफर जनवरी ११ सम्म दराज नेपालमा मात्र लागू हुने बताइएको छ ।

भिभो र दराजको साझेदारीले विशेष उपहार र भौचरहरूसहित स्मार्टफोन खरिदमा आकर्षक अफरहरू उपलब्ध गराएका छन् । यस अफरमा धेरै स्मार्टफोनहरूमा विशेष छुट उपलब्ध गराइएको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार १३ हजार पाँच सय ९९ रुपैयाँ सुरुवाती मूल्य रहेको भिभो वाई १एस (२+३२ जीबी) दराजमा मात्रै नौ हजार नौ सय ९९ रुपैयाँमा उपलब्ध रहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया