Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘पेपरलेस भिजिटिङ कार्ड’को सुरुवात

‘पेपरलेस भिजिटिङ कार्ड’को सुरुवात


काठमाडौं । नेपालमै पहिलोपटक निअर–फिल्ड कम्युनिकेसन (एनएफसी) डिजिटल कार्डको सुरुवात भएको छ । विश्वमा फड्को मारिरहेको प्रविधिको युगलाई आत्मसाथ गर्दै नेपालमा पनि एनएफसी डिजिटल भिजिटिङ कार्ड भित्रिएको हो । यो एक ‘पेपरलेस भिजिटिङ कार्ड’ हो ।

चिप प्रविधिमा आधारित कार्डमा एटीएम कार्डमा जस्तै रहने चिपमा व्यक्ति वा कम्पनीको सम्पूर्ण विवरणहरू राखिएको हुन्छ । यसलाई आफूले विभिन्न बैंकहरूको एटीएम कार्ड बोकेझै गरी लिएर हिँड्न मिल्ने हुन्छ । यसले प्रयोगकर्ताको आफ्नो जानकारीहरू सजिलै सँगै अन्य व्यक्तिलाई दिन सकिन्छ र मोबाइल नम्बर, इमेल र अन्य जानकारी सजिलो र विनाझन्झटिलो तरिकाबाट दिन सकिन्छ । जुन चिपको माध्यमबाट कार्डलाई मोबाइल ‘टच’ र वा क्यामरामा ‘स्क्यान’ गरिसकेपछि सिधै मोबाइल फोनको ‘कन्ट्याक लिस्ट’मा सेभ गर्न सकिन्छ ।

विकसित मुलुकमा सन् २००० मा यो कार्ड प्रयोगमा आएको भएपनि हाल दुई युवा दिवाकर अर्याल र सरोज बानियाँले इभाज कार्ड प्रालिमार्फत यो सेवा नेपाल भित्र्याएका हुन् । बानियाँ र अर्याल दुवै युवा व्यवसायी हुन् । अर्याल यस कम्पनीको अध्यक्ष र बानियाँ प्रबन्ध निर्देशक हुन् । कम्पनीको सीईओ बंगलादेशका अबुल हसनत आईटीमा दख्खल छन् । कम्पनी वा व्यक्तिले यसमा राखिएका व्यक्तिगत विवरणहरू आफूले चाहेको समयमा ‘इडिट’ गर्न सकिनु यस कार्डको मुख्य विशेषता हो । व्यक्तिगत र कम्पनीको छुट्टाछुट्टा भिजिटिङ कार्ड, अनलाइन र अफलाइन दुवैमा प्रयोग गर्न मिल्ने, प्रिमियर क्वालिटी, एकपटक प्रिन्ट गरिसकेपछि सधैंका लागि हुने, व्यक्तिगत नाम ‘ईम्बोस’ प्रिन्ट हुनेलगायतका अन्य थुप्रै विशेषता रहेका छन् ।

यसका साथै कम्पनी वा विजनेश प्रमोसनका लागि विभिन्न सामाजिक सञ्जालमार्फत गुगल ‘रिभ्यु’ कार्ड र फलोअर्स कार्डको पनि सुरुवात गरेको छ । जसले आफ्नो कम्पनी वा व्यवसायको बारेमा कार्ड स्क्यान गरेर ‘रिभ्यु’ दिन सकिने कम्पनीले जनाएको छ । कार्डको सुरुवाती मूल्य चार हजार राखिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 9

तपाईको प्रतिक्रिया