Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगचौधरीको नेतृत्वमा नाडामा नयाँ कार्यसमिति

चौधरीको नेतृत्वमा नाडामा नयाँ कार्यसमिति


काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ४७ औँ वार्षिक साधारणसभाले करण चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नाडाको हालै काठमाडौमा सम्पन्न सभाले अध्यक्षसहित १७ जना केन्द्रीय कार्यसमिति सदस्यहरुलाई सर्वसम्मत रुपमा निर्वाचित गरेको थियो ।

यस्तै आइतबार नवनिर्वाचित अध्यक्ष चौधरीको अध्यक्षतामा बसेकोे नाडा केन्द्रीय कार्य समितिको पहिलो बैठकले नाडाको विधान २०७१ को संशोधित विधान २०८० बमोजिम पदाधिकारीहरु समेत सर्बसम्मत रुपमा निर्वाचित गरेको छ । नाडाको बरिष्ठ उपाध्यक्षमा आकाश गोल्छा, संस्थागत उपाध्यक्षमा पुष्कर ओझा र तेजनारायण साह, अन्य उपाध्यक्षमा राजनबाबु श्रेष्ठ र निराकार श्रेष्ठलाई चयन गरेको छ । निबर्तमान अध्यक्ष डा. ध्रुव थापा हुन् ।

त्यसैगरी सो बैठकले महासचिवमा सुरेन्द्रकुमार उप्रेती, सचिवमा विक्रम सिंहानिया, कोषाध्यक्षमा मिलनबाबु मल्ल, सहकोषाध्यक्षमा पंकज अग्रवाललाई निर्वाचित गरेको छ । यसैक्रममा सो बैठकले संस्थागत सदस्यहरुमा सञ्जयकुमार श्रेष्ठ, कुलबहादुर क्षेत्री, कृष्णप्रसाद श्रेष्ठ, गणेशप्रसाद भट्टराई, भद्र भण्डारीलाई निर्वाचित गरेको छ । त्यसैगरी सो बैठकले केन्द्रीय कार्यसमितिको सदस्य पदमा सुनिल रिजाल, प्रकाश कपुरी, कपिल शिवाकोटी, प्रदिपमान प्रधान, यमुना श्रेष्ठ, संजयकुमार खेतान, नवराज भुषाल, ऋद्धि कार्की, दिपेन्दकुमार मिश्र,र सौरभ थापालाई निर्वाचित गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 9

तपाईको प्रतिक्रिया