सर्वोत्तम सिमेन्टको साधारण सेयरको बिक्री आह्वान
काठमाडौं । सर्वोत्तम सिमेन्टले साधारण सेयरको बिक्री खुला भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनता र वैदेशिक रोजगारमा रहेकाहरूको लागि पहिलो चरणमा साधारण सेयरको बिक्री खुला गरेको हो ।
बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड र सहबिक्री प्रबन्धकद्वय एनआईएमबी एस क्यापिटल लिमिटेड र प्रभु क्यापिटल लिमिटेडमार्फत यही पुस २५ गतेबाट साधारण सेयरको बिक्री खुला भएको कम्पनीले जानकारी दिएको छ । उद्योग रहेको क्षेत्रका प्रभावित, खानी रहेको क्षेत्रका प्रभावित र वैदेशिक रोजगारीमा रहेकाहरूले छिटोमा माघ १० गतेसम्म कम्पनीको साधारण सेयर खरिदको लागि आवेदन दिन सक्ने छन् ।
कम्पनीका अनुसार लगानीकर्ताहरूले न्यूनतम ५० र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । उद्योग, खानी उत्खनन् प्रभावित क्षेत्रका लागि नौ लाख ३० हजार कित्ता सेयर र वैदेशिक रोजगारमा रहेकाहरूका लागि दुई लाख ६७ हजार कित्ता सेयर बाँडफाँट हुने कम्पनीको भनाइ छ । दरखास्तका साथ प्रतिकित्ता तीन सय ६० रुपैयाँ ९० पैसाका दरले भुक्तानी गर्नुपर्नेछ । उद्योग क्षेत्र नवलपरासीको सुनवल नगरपालिकाका केही वडा नम्बरहरू ३, ४, ५, ६, ११ र १३ का स्थानीयले आवेदन दिन पाउने छन् भने खानी क्षेत्र पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिकाका १ र २ नम्बर वडाका स्थानीयले आवेदन दिन पाउने छन् । पाल्पा रिब्दिकोट गाउँपालिकाका २, ३, ४ र ६ नम्बर वडाका स्थानीय, तिनाउँ पालिकाका १, २ र ३ तथा निस्दी गाउँपालिका ७ नम्बर वडाका बासिन्दाले साधारण सेयर खरिदको लागि आवेदन दिन सक्ने कम्पनीको भनाइ छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 9
ताजा अपडेट
- तीन वर्षमा आयल निगम ४९ अर्ब घाटादेखि वार्षिक १० अर्ब रूपैयाँ नाफामा, तर नेपालमा किन मूल्य उल्लेख्य घटेन?
- प्यारिस ओलिम्पिक्स २०२४: पहिलोपटक रङ्गशालामा मात्र नभई सहरभरि उद्घाटन समारोह, यस्तो थियो रौनक
- चीनबाट ६५ अर्बको सामान आयात
- सरकारलाई असफल हुने छुट छैन : सञ्चारमन्त्री गुरुङ
- चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण
- चारवटा प्रदेशमा भारी वर्षा हुने
- पर्यटन नीति र कानुन समयानुकूल बनाइने छ: मन्त्री पाण्डे
- सौर्य एयरलाइन्सका चालक शाक्यको स्वास्थ्यमा सुधार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया