Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘उधारो कारोबारले व्यवसायमा नकारात्मक प्रभाव’

‘उधारो कारोबारले व्यवसायमा नकारात्मक प्रभाव’


विराटनगर । पूर्वी क्षेत्रका उद्योगी व्यवसायीहरूले उधारो कारोबारले व्यवसायमा नकारात्मक प्रभाव पारेको गुनासो गरेका छन् । उद्योग संगठन मोरङले जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूका बीचमा आपसी सम्बन्ध विस्तार र द्विपक्षीय व्यावसायिक विकासको नयाँ सम्भावना पहिल्याउने उद्देश्यले सञ्चालन गरेको दुई दिने चेम्बर भ्रमण तथा छलफलमा उनीहरूले सो गुनासो गरेका हुन् ।

उधारो कारोबारले पारेको समस्या समाधानका लागि सामूहिक पहल गर्नुपर्नेमा उनीहरूको जोड थियो । उद्योग संगठन मोरङले सुन्दरहरैँचा, इटहरी, धरान र संखुवासभा उद्योग वाणिज्य संघका प्रधिनिधिहरूसंग बेग्लाबेग्लै अन्तत्र्रिmया कार्यक्रम आयोजना गरेको थियो । उद्योग संगठनको पहलमा भएको भ्रमणले द्विपक्षीय व्यावसायिक हितका विभिन्न आयाम, एक आपसको क्षेत्रमा नयाँ सम्भावनाको खोजीका साथै आ–आफ्ना उत्पादनको बजार प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएको संगठनका उपाध्यक्ष विपीन कावराले बताए ।

आर्थिक एवम् औद्योगिक क्रियाकलापहरू सुस्ताएको वर्तमान अवस्थामा उद्योग व्यवसाय क्षेत्रका साझा समस्याहरूको पहिचान गरी समाधानका लागि सामूहिक पहल गर्नका लागि सो छलफल उपयुुक्त भएको संगठनका अध्यक्ष राकेश सुुरानाले जानकारी दिए । साथै, व्यावसायिक अन्तर्सम्बन्धको विकासका लागि बिटुबि बैठक आयोजना गरिएको पनि उनले बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया