Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगपोखरामा २२ वर्षीय युवाले साढे दुई करोड लगानीमा खोले सुनचाँदी पसल

पोखरामा २२ वर्षीय युवाले साढे दुई करोड लगानीमा खोले सुनचाँदी पसल


पोखरा । पोखरा महानगरपालिका वडा नं.४ चिप्लेढुङ्गामा साढे दुई करोड लगानीमा २२ वर्षीय एक युवाले सुनचाँदी पसल सञ्चालनमा ल्याएका छन् । पोखरा १२ अन्नपूर्ण टोल निवासी रोशन सुनारले ए.आर.सरिता ज्वेलर्स बुधबारदेखि सञ्चालनमा ल्याएका हुन् ।

पोखराको ट्रेडमलको अगाडि रहेको उनको सुन पसल(ज्वेलर्स) दुई करोड ५० लाख रुपैयाँ लगानी गरेर सञ्चालन गरिएको उनले सुनाए । स्वदेशमै केही गर्नुपर्छ भन्ने उद्देश्य राखेर आफूले व्यवसाय गर्ने सोँचका साथ ज्वेलर्समा लगानी गरेको सञ्चालक सुनारले बताए ।

पुर्ख्यौली पेशासमेत भएका कारण पनि आफ्नो रोजाईमा ज्वेलर्स परेको उनले सुनाए । उनका बुबा राजकुमार सुनारले पोखराको बगर र भारतमा समेत लामो समयदेखि सुन व्यवसाय गर्दै आएका छन् ।

ज्वेलर्सका संरक्षक राजकुमार सुनारले आफ्नो छोराले सुन व्यवसाय सञ्चालन गर्ने सोँच बनाएपछि आफूले साथ दिएको बताए । उक्त ज्वेलर्सको बुधबारको उत्तम साइतमा पोखरा रोयल सहकारीका अध्यक्ष रुद्रकुमारी गुरुङ (मैना) र चिप्लेढुंगा सिद्धार्थचोक व्यवसायी संघका अध्यक्ष देवबहादुर भुजेलले उद्घाटन गरेका थिए ।

सो अवसरमा गुरुङले देशको परिस्थिति र आर्थिक संकट परिरहेको अवस्थामा पनि युवाले व्यवसाय अघि बढाउनु अत्यन्तै खुशीको कुरा भएको बताइन् ।

चिप्लेढुंगा सिद्धार्थचोक व्यवसायी संघका अध्यक्ष देवबहादुर भुजेलले युवाहरु विदेश पलायन भइरहेको अवस्थामा रोशनले स्वदेशमै व्यवसाय सञ्चालन गर्नु निकै प्रशंसनीय हुने भन्दै यसले निकै राम्रो सन्देश प्रवाह हुने बताए । त्यस्तै, स्थानीय व्यवसायी जनकराज सुवेदीले ज्वेलर्सको उच्च सफलताको शुभकामना व्यक्त गरे ।

ज्वेलर्स संचालक सुनारका अनुसार व्यवसाय शुभारम्भको अवसरमा यहि माघ १८ गतेसम्म ग्राहकहरुलाई ज्यालामा ५० प्रतिशत छुट दिइने छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया