Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगइन्फोडेभलपर्सको टपअपमा उपहार योजना

इन्फोडेभलपर्सको टपअपमा उपहार योजना


काठमाडौं । इन्फोडेभलपर्सले आफ्नो मोबाइल बैंकिङ एपको नयाँ योजनाअन्तर्गत ‘अब टप–अपमा उपहार’ सुरू गरेको छ । यस योजनाअन्तर्गत सहकारी÷लघुवित्तका सदस्यहरूले आफ्नो सहकारी÷लघुवित्तको मोबाइल बैंकिङ एपमार्फत् एनटीसी र एनसेल दुवै नम्बरमा टप–अप गर्दा स्मार्ट टिभी र आकर्षक उपहार जित्ने मौका पाउने छन् ।

यस योजनाअन्तर्गत बम्पर उपहारमा यसुदा ब्रान्डको ३२ इन्चको टिभी घोषणा गरिएको छ भने थप उपहारमा नोइज ब्रान्डको इअरबड्स, खल्ती प्रोको सदस्यता र अनर ब्रान्डको स्मार्ट–ब्यान्ड्स रहेको छ । यो योजना आगामी चैत ३१ गतेसम्म चल्ने कम्पनीले जनाएको छ । यस योजनाका विजेताहरू इन्फोडेभलपर्स र एम डबली– मोबाइल बैंकिङको फेसबुक पेजमार्फत घोषणा गरिनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया