Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभायानेटको ‘बाइ वान गिफ्ट वान फ्रि’ योजना

भायानेटको ‘बाइ वान गिफ्ट वान फ्रि’ योजना


काठमाडौं । भायानेट कम्युनिकेसन लिमिटेडले ‘बाइ वान गिफ्ट वान फ्रि’ योजना सार्वजनिक गरेको छ । कम्पनीले नयाँ जडान र नवीकरण गर्नेहरूका लागि यस प्रकारको (एक किन्दा एक उपहार) इन्टरनेट योजना सार्वजनिक गरेको हो ।

यस अफरमा भायानेटको इन्टरनेट नवीकरण वा नयाँ जडान गर्ने ग्राहकले आफ्ना प्रियजनलाई १२५ एमबीपीएस तीन महिनाको प्याकेज सित्तैमा उपहार दिन सक्नेछन् । साथै, बदलामा आफ्नो लागि थप एक महिनाको इन्टरनेट निःशुल्क प्राप्त गर्न सक्नेछन् । यो योजनामा योग्य हुनका लागि भायानेट ग्राहकले ३, ६ वा १२ महिनाको सदस्यता अवधिको साथ १२५ एमबीपीएस वा सोभन्दामाथिका उच्च गतिको इन्टरनेट प्याकेज नवीकरण वा जडान गर्नुपर्ने हुन्छ । एकपटक योग्य भएपछि ग्राहकले एसएमएसमार्फत उपहार भाउचर कोड प्राप्त गर्नेछन् । गिफ्ट भाउचर प्राप्त गर्ने व्यक्तिले भायानेटलाई सम्पर्क गरी १२५ एमबीपीएस तीन महिनाको दुई हजार सात सय र भ्याट बराबरको इन्टरनेट प्याकेज उपहार दाबी गर्न सक्छन् । उपहार भाउचर नयाँ जडानको लागि मात्र उपलब्ध रहेको कम्पनीले जनाएको छ । साथै, यसमा जडान शुल्क भने लागू हुनेछ ।

उपहार भाउचर दाबी गरिसकेपछि, आफ्ना प्रियजनलाई उपहार भाउचर दिने मूल ग्राहकले नयाँ ग्राहकलाई भायानेट जडान गर्न सहयोग गरे बापत एक महिनाको इन्टरनेट निःशुल्क पाउने छन् । यो अफरलाई थप आकर्षक बनाउन भायानेटले १२५ एमबीपीएस तीन महिनाको प्याकेजमा नयाँ आकर्षक छुटसहितको मूल्य समेत सार्वजनिक गरेको छ । यसको मूल्य मात्र भ्याटबाहेक दुई हजार सात सय रुपैयाँ रहेको छ । भायानेटका सेल्स एण्ड मार्केटिङ उपाध्यक्ष शहिन श्रेष्ठले भायानेट परिवारमा सामेल हुने र आफ्ना प्रियजनलाई उच्च गतिको इन्टरनेट उपहार दिने यो आकर्षक योजनाको लाभ लिन नछुटाउनु आग्रह समेत गरेका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया