Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगअग्नि मोटोइङ्कको डिलर मिट

अग्नि मोटोइङ्कको डिलर मिट


काठमाडौं । अग्नि ग्रुपअन्तर्गतको अग्नि मोटोइङ्कले ‘भविष्यलाई सँगै नेतृत्व गरौँ’ भन्ने नाराका साथ आफ्नो डिलर मिट २०२४ सोल्टी वेस्ट एन्ड रिसोर्ट, नगरकोटमा आयोजना गरेको छ ।

वर्षौंदेखिको सफल सहकार्यलाई अझ बलियो बनाउने उद्देश्यका आयोजित यस भव्य समारोहमा नेपालभरिबाट पावरोल जेनसेटका डिलरहरूलाई आमन्त्रित गरिएको थियो । कार्यक्रममा सहभागीहरूले नेपाली ऊर्जा क्षेत्रमा कसरी अग्रणी भूमिका निभाउन सकिन्छ भन्ने विषयमा छलफल गरेका थिए । यस कार्यक्रममा विभिन्न समूहमा उत्कृष्ट डिलरहरूलाई पुरस्कृत पनि गरेको थियो । बजारमा महिन्द्रा पावरोलका ५ केभिएदेखि छ सय २५ केभिएसम्मका २८ थरीका मोडलहरू उपलब्ध छन् । बलियो महिन्द्रा इन्जिनबाट बनेका यी पावरोल जेनेरेटरहरूमा ऊर्जा उत्पादनका लागि विश्वप्रसिद्ध युरोपियन प्रविधि लेरोय सोमर प्रयोग गरिएको छ ।

साथै, उत्कृष्ट इन्धन क्षमता, कम उत्सर्जन तथा विश्वसनीय पावर आउटपुटको लागि महिन्द्रा पावरोलले आफ्ना जेनेरेटरहरूमा विश्व विख्यात ब्राण्ड डीपीसी (डिजिटल पावर कन्ट्रोल) प्रयोग गरेको छ । कार्यक्रममा अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, महिन्द्रा पावरोलका इन्टरनेसनल बिजनेस हेड श्री समिर सचदेवा, इन्टरनेसनल बिजनेस हेड राजीव शर्मालगायतले सहभागिता जनाएका थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया