Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगइ–सेवा १५ वर्षमा १५ अफरहरू

इ–सेवा १५ वर्षमा १५ अफरहरू


काठमाडौं । इ–सेवा प्रालिले अहिले १५औँ वार्षिकोत्सव मनाइरहेको छ । आफ्नो १५ औँ वार्षिकोत्सवको अवसरमा कम्पनीले १५ विभिन्न आकर्षक अफरहरू पनि सञ्चालन गरिरहेको जानकारी दिएको छ ।

इ–सेवाको १५ वटा विभिन्न अफरहरू माघ ११ गतेदेखि सुरु भएको र माघ गतेसम्म सञ्चालनमा रहने जनाएको छ । कम्पनीले टपअप, हवाई टिकट, बैंक लोड, इ–सेवा केयर, इ–स्पिकर खरिद, होटेल बुकिङलगायतका विविध सेवाहरूमा आकर्षक अफर ल्याएको हो । सन् २००९ जनवरीबाट यात्रा सुरु गरेको इ–सेवा नेपालको हाल ८१ लाख बढी प्रयोगकर्ताहरू रहेका छन् । कम्पनीले सन् २०१० मा आफ्नो मोबाइल एप्लिकेसन ल्याएको थियो । सन् २०१७ मा नेपाल राष्ट्र बैंकमार्फत भुक्तानी सेवा प्रदायकको रूपमा अनुमतिपत्र (लाइसेन्स) प्राप्त गरेको कम्पनीले सोही वर्ष अनलाइन मोबाइल रिचार्ज (टपअप) का लागि शीर्ष विक्रेता(टप सेलर) भएकोमा नेपाल टेलिकममार्फत सम्मानित भएको थियो ।

सन् २०१८ मा ५ लाख एप डाउनलोडको उपलब्धि हासिल गरेको इ–सेवाले तीन वर्षको अवधिमा १० गुणा वृद्धि ल्याउँदै सन् २०२१ मा ५० लाख एप डाउनलोडको उपलब्धि हासिल गरेको थियो । सन् २०२२ सम्ममा दुई लाख मर्चेन्टको सेवा डिजिटलरूपमा प्रदान गरिरहेको इ–सेवाले अहिले चार लाख बढी मर्चेन्टको सेवा प्रदान गरिरहेको छ ।

इ–सेवाका चिफ स्ट्र्याट्रेजी अफिसर, रवि शाक्यले प्रयोगकर्तामा केन्द्रित नवीनता (युजर फोकस्ड इन्नोभेसन), सेवा विविधीकरण (सर्भिस डाइभर्सिफिकेसन) र वित्तीय समावेशीकरण तथा वित्तीय पहुँच (फाइनेन्सियल इन्क्लुजन तथा फाइनेन्सियल एक्सेस) नै इ–सेवाको सेवाका तीन प्रमुख स्तम्भहरू रहेको बताए । आगामी दिनमा यी तीन स्तम्भलाई नै ध्यानमा राखेर आफ्नो सेवालाई विस्तार गर्ने उनले जानकारी दिए । त्यस्तै, अन्तरदेशीय भुक्तानीमा पनि इ–सेवाको सेवा विस्तार हुने उनले बताए ।

इ–सेवाका चिफ बिजनेस अफिसर आशीष गौतमले आगामी दिनमा इ–सेवाले स्थानीय भाषाको प्रयोगमार्फत स्थानीयकरण तथा पर्सनालाइजेसनमा समेत ध्यान केन्द्रित गर्ने बताए । नेपाली भाषामा पनि इ–सेवा एप चलाउन मिल्ने सुविधा छिट्टै सबै सर्वसाधारणले पाउन सक्ने उनले जानकारी दिए । यस्तै, प्रयोगकर्तालाई आफ्नो जिज्ञासा राख्नका लागि इ–सेवाले इ–सेवा असिस्टेन्ट नामक एआई प्रोग्राम छिट्टै नै लिएर आउने पनि इ–सेवाका चिफ बिजनेस अफिसर आशीष गौतमले बताए ।

अहिले मोबाइल रिचार्ज गर्न, खानेपानी र बिजुली बत्तीको महसुल तिर्न, स्कुल तथा कलेजको फि तिर्न, इन्स्योरेन्सको प्रिमियम तिर्न, आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई टिकट किन्न, टिभी तथा इन्टरनेटको बिल तिर्न, सरकारी बिलको भुक्तानी गर्न, रेमिट्यान्स पाउन, बस तथा केबलकारको टिकट काट्न, फिल्मको टिकट काट्न, डिजिटल कारोबार गर्न, सहकारीमा पैसा राख्न तथा झिक्न, बैंक खातामा तथा साथीहरूलाई पैसा पठाउन, अस्पतालमा सेवा बुक गर्नेलगायतको थुप्रै सुविधाको उपयोग गर्नका लागि सर्वसाधारणले इ–सेवाको प्रयोग गर्दै आएका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया