Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएनसेलको डबल मजा प्याक

एनसेलको डबल मजा प्याक


काठमाडौं । एनसेलले डबल डेटासहित इन्टरनेट सेवामा ‘डबल मजा प्याक’ सञ्चालनमा ल्याएको छ । ग्राहकहरूले एकदमै मन पराएको यो डबल मजा अफर एनसेलले तीन प्याकहरूका साथ पुनः सञ्चालनमा ल्याएको हो । यो अफरमा सात दिन भ्यालिडिटी अर्थात् समयसीमा रहेको करसहित एक सय ५० रुपैयाँमा ५ जीबी डेटा वा दुई सय रुपैयाँमा आठ जीबी डेटा लिन सक्छन् ।

त्यसैगरी आठ सय ८८ रुपैयाँमा २८ दिन समयावधि रहेको ८८ जीबी डेटा खरिद गर्न सक्छन् । यो प्याकको सबैभन्दा ठूलो विशेषता भनेको प्याकको भ्यालिडिटी नसकिँदै गरिने हरेक खरिदमा ग्राहकले उही मूल्यमा डबल डेटा बोनस स्वरूप प्राप्त गर्छन् । उदाहरणका लागि, यदि कुनै ग्राहकले ८ जीबी प्याकको प्याक खरिद गरको सात दिनभित्र फेरि सोही प्याक खरिद गरेमा, ग्राहकले १६ जीबी डेटा बोनसका रूपमा प्राप्त गर्छ । डबल मजा प्याक खरिद गर्न एस्ट्रिक्स१७१२३ह्यास डायल गर्नुपर्नेछ । साथै, हालैमात्र अद्यावधिक गरिएको एनसेल एप वा एनसेलका अन्य कुनै पनि आधिकारिक च्यानलमार्फत यो प्याक किन्न सकिन्छ ।

पुनः सञ्चालनमा ल्याइएको यो अफरमा बोनसको रूपमा दोब्बर डेटा प्रदान गरिने भएकाले ग्राहकहरूलाई अनलाइन बस्न र डिजिटलरूपमा सम्पर्कमा रही रहन ठूलो सहयोग पुग्ने विश्वास रहेको एनसेलले जनाएको छ । प्याकको भ्यालिडिटी रहेसम्म ग्राहकले आफ्नो आवश्यकताबमोजिम जति पटक पनि यो प्याक खरिद गरी सञ्चित हुने डेटा भोल्युममार्फत इन्टरनेटमा पहुँचको फाइदा लिन लिन सक्छन् । सात दिन भ्यालिडिटी भएका एक सय ५० र दुई रुपैयाँका डबल मजा प्याकमा पाइने बोनसको सञ्चित डेटा अधिकतम २८ दिनसम्म र आठ सय ८८ रुपैयाँको प्याकमा पाइने सञ्चित बोनस डेटा ६० दिनसम्म चलाउन सकिन्छ । यसैबीच एनसेलले करसहित दुई सय २० रुपैयाँमा सात दिन भ्यालिडिटी भएको कम्बो प्याक पनि ल्याएको छ । यो प्याकमा ग्राहकले चार जीबी डेटा, एक सय मिनेट अल नेट टक टाइम र विभिन्न डिजिटल सेवाहरू प्राप्त गर्छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया