Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘सूचना प्रविधि उद्योगलाई राज्यले प्राथमिकता दिनुपर्छ’

‘सूचना प्रविधि उद्योगलाई राज्यले प्राथमिकता दिनुपर्छ’


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सूचना प्रविधिसम्बन्धी उद्योगलाई प्राथमिकतामा राखेर आर्थिक समृद्धि हासिल गर्नुपर्ने बताएका छन् । काठमाडौंमा बिहीबार सुरु भएको क्यान इन्फोटेक मेलामा उनले डिजिटल अर्थतन्त्र राज्यको प्राथमिकतामा पर्नुपर्ने बताए ।

विश्वमा सूचना प्रविधिको विकासले तीव्र फड्को मारिरहेका बेला नेपालले पनि यसबाट फाइदा लिनुपर्ने अध्यक्ष मल्लको भनाइ छ । उनले भने, ‘नेपालले अन्तर्राष्ट्रिय आईटी कम्पनीको ब्याकअपका रूपमा काम गर्न सक्छ । हाम्रा थुप्रै युवाहरूलाई रोजगारीको मूल प्रवाहमा ल्याउन सकिन्छ ।’ सूचना प्रविधिसम्बन्धी अन्तर्राष्ट्रिय ठूला कम्पनीको ब्याकअपका रूपमा काम गरेर रेमिट्यान्स भित्र्याउन सकिने उनले बताए ।

अन्तर्राष्ट्रिय आईटी कम्पनीका लागि सर्पोट एवम् विभिन्न एप्सहरू बिक्रीमार्फत नेपालले गत वर्ष झण्डै ६८ अर्ब रुपैयाँ आम्दानी गरेको उनको भनाइ थियो ।

मुलुकको आर्थिक समृद्धिका लागि अबको प्राथमिकता आईटी क्षेत्र र सोहीअनुसारको नीति हुनुपर्ने अध्यक्ष मल्लले बताए । डिजिटल अर्थतन्त्रमार्फत आर्थिक गतिविधि बढाउनुपर्नेमा उनले जोड दिए । डिजिटल अर्थतन्त्र विकास गर्न सकिए आर्थिक पारदर्शिता कायम हुने अध्यक्ष मल्लले बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया