Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगजेसीबीको एक्सक्लुसिभ रिटेलर अब भक्तपुरमा

जेसीबीको एक्सक्लुसिभ रिटेलर अब भक्तपुरमा


काठमाडौं । एमएडब्लुअन्तर्गतको एमएडब्लु पार्ट्स डिस्ट्रिब्युटरले आफ्नो एक्सक्लुसिभ रिटेलर भक्तपुर अटो पार्ट्स, भक्तपुरमा सञ्चालनमा ल्याएको छ । यसको सुरुवातसँगै अब भक्तपुरका ग्राहकले भक्तपुर अटो पार्ट्समार्फत सजिलै जेसीबीका सक्कली पार्ट्सहरू खरिद गर्न पाउनेछन् ।

एमएडब्लु पार्ट्स डिस्ट्रिब्युटरका निर्देशक गोपालकुमार अग्रवाल, एमएडब्लु पार्ट्स डिस्ट्रिब्युटरका बिजनेस हेड रोसनकुमार श्रेष्ठ, एमएडब्लु पार्ट्स डिस्ट्रिब्युटरका सेल्स हेड प्रविन अधिकारी, भक्तपुर अटो पार्ट्सका प्रबन्ध निर्देशक रामेश्वर खाताखोे तथा भक्तपुरका स्थानीय ग्राहकमार्फत संयुक्तरूपमा सो रिटेलरको शुभारम्भ गरिएको थियो ।

जेसीबी मेसिनहरूलाई बिगार्ने, काम चलाउ नक्कली पार्ट्सको बिक्री र प्रयोगलाई निरुत्साहित गर्ने उद्देश्य लिएर ‘जेसीबीलाई जेसीबी मात्र’ भन्ने नाराका साथ भक्तपुरमा एमएडब्लु पार्ट्स डिस्ट्रिब्युटरको सुरुवात गरेको कम्पनीले जनाएको छ ।

एमएडब्लु पार्ट्स डिस्ट्रिब्युटर प्रालि नेपालको लागि जेसीबीका जेन्युन स्पेयर पार्ट्स, टायर्स र लुब्रिकेन्ट्सको आधिकारिक विक्रेता हो । कम्पनीले ग्राहकको सहजताका लागि, ग्राहकलाई नक्कली पार्टपुर्जाहरूको प्रयोग र जोखिमबाट जोगाउन जेसीबीका सक्कली पार्ट्सहरू आफ्ना एक्सक्लुसिभ तथा नन् एक्सक्लुसिभ रिटेलरमार्फत देशभर बिक्री वितरण गर्दै आएको जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया