Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगवुलिङ कार किन्दा सुनको हार र लेभ्निङ स्कुटर किन्दा हिराको औँठी उपहार

वुलिङ कार किन्दा सुनको हार र लेभ्निङ स्कुटर किन्दा हिराको औँठी उपहार


काठमाडौं । बज्र ग्रुपको अटोमोबाइलअन्तर्गत ईभी नेपाल मोटर्स प्रालिले भ्यालेन्टाइन स्किम लागू गरेको छ । सोअनुसार वुलिङ कार किन्दा सुनको हार र लेभ्निङ स्कुटर किन्दा हिराको आँैठी उपहार पाइने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो स्किम निश्चित समयको लागि मात्रै लागू गरिएको छ । वुलिङ गाडी दुई सय किमि र तीन सय किमिमा उपलब्ध छ । सो गाडी किन्नको लागि नक्साल, भैँसेपाटी सोरुम जान सकिने कम्पनीले जनाएको छ । गाडीमा आठ वर्षको वारेन्टीका साथै फाइनान्स र एक्सचेन्जको सुविधा पनि उपलब्ध रहेको छ । यसैगरी स्कुटर भने नेपालभरिको मुख्य मुख्य सहरमा उपलब्ध छ । लेभ्निङ स्कुटर १२ वटा फरक मोडेलमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । लेभ्लिङ ई स्कुटरको मूल्य एक लाख १५ हजार रुपैयाँदेखि सुरु हुने बताइएको छ । स्कुटरमा दुई वर्षको वारेन्टीका साथै फाइनान्स र एक्सचेन्ज पनि उपलब्ध छ । कम्पनीले नेपालभरि डेलिभरीको व्यवस्थासँगै सर्भिस र पार्ट्स पनि सजिलै उपलब्ध गराएको जानकारी दिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया