Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठअटो बजाररेसिङ अटोमोबाइल्सको ‘दुईमा दुई’ उपहार योजना

रेसिङ अटोमोबाइल्सको ‘दुईमा दुई’ उपहार योजना


काठमाडौं । रेसिङ अटोमोबाइल्स प्रा.ली. ले ‘दुईमा दुई’ अफर ल्याएको छ । कम्पनीले स्थापनाको दोस्रो वर्ष प्रवेश गरेको अवसरमा सो नयाँ अफर घोषणा गरेको हो ।

अफर अनुसार कम्पनीले यही फाल्गुन महिनाभित्र गाडी खरिद गर्ने सबैलाई दुई पटक निःशुल्क फूल सर्भिसिङ्ग उपहारको रूपमा दिने जनाएको छ । कम्पनीले आफ्नो व्यवसायिक जीवनको पहिलो वर्ष सफलतापूर्वक व्यतीत भएको खुसियालीमा यस्तो उपहार योजना सार्वजनिक गरेको हो ।

कम्पनीका प्रबन्ध निर्देशक रुद्र ढुंगेलका अनुसार व्यापक आर्थिक सुस्तताको बीच पनि कम्पनीले एक वर्षमा उल्लेख्य संख्यामा गाडी खरिद बिक्री गर्न सफल भएको छ । अहिले मध्यम मूल्यका गाडीहरूमा खरिदकर्ताको आकर्षण देखिएको उनले बताए । काठमाडौं कलंकीस्थिति भाटभटेनी सुपरमार्केट नजिक रेसिङ बजारमा रहेको यो कम्पनीले नयाँ तथा पुराना गाडिहरू खरिद÷विक्री गर्दै आएको छ ।


क्याटेगोरी : अटो बजार, कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया