Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगठेगाना आईडी एप सञ्चालनमा

ठेगाना आईडी एप सञ्चालनमा


काठमाडौं । ठेगाना सर्भिसेसले ‘ठेगाना आईडी एप’ एन्ड्रोइड र आइओएसका लागि ल्याएको छ । यो एप डाउनलोड गरेपछि नेपाल टेलिकमलगायत विभिन्न ठाउँमा केवाइसी फर्म भरेपछि नागरिकतालगायतका कागजातहरू पुर्याउन जानुपर्ने छैन ।

ठेगाना आईडीले अहिले नेपाल टेलिकम डाउनलोड गरेपछि केवाइसी फर्म घरमै बसेर अपडेट गर्न सकिने छ । एप्सले प्रयोगकर्ताको डाटाको सुरक्षा र गोपनीयता पनि कायम हुने ठेगाना सर्भिसेसका विशाल केसीले जानकारी दिए । पछिल्लो समय डिजिटलाइजेसनको दुनियाँमा नेपाल पनि प्रवेश गरिसकेकाले सेवाग्राहीलाई झन्झटमुक्त बनाउनका लागि यो काम गरिएको केसीले बताए । अहिले सानो संख्यामा सुरु भएको जानकारी दिँदै उनले आगामी दिनमा सबै डाटाहरू एकीकृत हुने बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया