Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगउद्योग संगठनद्वारा औद्योगिक हितका लागि संस्थागत ऐक्यबद्धताको आह्वान

उद्योग संगठनद्वारा औद्योगिक हितका लागि संस्थागत ऐक्यबद्धताको आह्वान


विराटनगर । उद्योग संगठन मोरङले औद्योगिक हितका लागि संस्थागत ऐक्यबद्धता गर्न विभिन्न संघ संगठनहरूलाई आह्वान गरेको छ । संगठनले नेपाल उद्योग परिसंघ र विराट व्यापार संघका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरूसँग छलफल गरी औद्योगिक क्षेत्रको समष्टिगत हितका लागि संस्थागत ऐक्यबद्धता गर्न आग्रह गरेको हो ।

संगठनका अध्यक्ष राकेश सुरानाले उद्योग व्यवसाय क्षेत्रको हक, हितका लागि स्थापित संस्थाहरू मिलेर अघि बढ्दा यस क्षेत्रले भोग्दै आएका समस्या समाधानका लागि सामूहिक पहल गर्नुपर्ने बताए । उनले वर्तमान समयमा उद्योग व्यापार क्षेत्र सबैभन्दा बढी प्रताडित भएको उल्लेख गरे । समस्या समाधानका लागि संस्थागत ऐक्यबद्धता समेत आवश्यक रहेको उनले बताए । सुरानाले सरकार र निजी क्षेत्र बीचको सहकार्यले मात्र औद्योगिक विकासले गति लिने भएकाले दुवै निकायबीच सकारात्मक सम्बन्ध विकास गर्न निजी क्षेत्रका संस्थाहरूको भूमिका महत्वपूर्ण हुनेमा जोड दिए ।

यस्तै, नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवन शारडाले मौजुदा समयमा उद्योग व्यवसायमा छाएको सुस्तताको अन्त्यका लागि औद्योगिक क्षेत्रसँग सम्बन्धित व्यावसायिक संस्थाहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याएका थिए । उनले आर्थिक समृद्धिका लागि निजी क्षेत्रको विकास अपरिहार्य रहेको बताए । आर्थिक विकासका सन्दर्भमा देखिएका नीतिगत समस्याहरू समाधानका लागि निजी क्षेत्रका संस्थाहरूले गर्दै आएको पैरवीलाई आगामी दिनमा सामूहिकरूपमा गरी राज्यको ध्यानाकर्षण गर्नुपर्नेमा उनले जोड दिएका थिए ।

यस्तै, विराट व्यापार संघका अध्यक्ष अंशु बन्जाराले व्यापार व्यवसाय दयनीय अवस्थामा भएकाले यसको निकासको बाटो पहिल्याउने विषयमा विराट व्यापार संघ संस्थागतरूपमा सदैव तत्पर रहेको बताए । उनले समस्यैसमस्याको भूमरीमा जेलिएका व्यावसायिक क्षेत्रबीचको आपसी सम्बन्ध थप प्रगाढ बनाउनुपर्नेमा जोड दिए । संगठनका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीले निजी क्षेत्रको सवलीकरणका लागि सामूहिकरूपमा पहल गरी व्यावसायिक विकासको पक्षका सकारात्मक वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया