Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरियलमीको मेमोरी च्याम्पियन सी ५१ अब नयाँ भेरिएन्टमा

रियलमीको मेमोरी च्याम्पियन सी ५१ अब नयाँ भेरिएन्टमा


काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीको रियलमी सी ५१ नयाँ ४/१२८ जीबीको स्टोरेज भेरिएन्टमा बजारमा उपलब्ध भएको छ । यस फोनको मूल्य मात्र १४ हजार चार सय ९९ रुपैयाँ तोकिएको छ ।

५० मेगापिक्सेल अल्ट्रा क्लियर क्यामेरासहितको रियलमी सी ५१ ले ग्राहकहरूलाई फोटोग्राफीको प्रशस्तै डाइमेन्सनहरू एक्स्प्लोर गर्ने अवसर प्रदान गर्ने कम्पनीको भनाइ छ । यो अत्याधुनिक क्यामेराले कम उज्यालोमा पनि उच्च क्ल्यारिटी डिटेल्ड तस्वीर खिच्न सक्छ । सात दशमलव ९९ एमएम अल्ट्रा स्लिम र प्रिमियम च्याम्पियन डिजाइनका साथ रियलमी सी ५१ ले सुन्दरतालाई पुनः परिभाषित गर्दै कम्प्याक्ट, लाइट वेट डिभाइसमा अलग स्टाइल प्रदान गर्छ । ३३ वाट क्विक चार्जको सुविधा भएको रियलमी सी ५१ मा शक्तिशाली पाँच हजार एमएएचको ब्याट्री राखिएको छ ।

रियलमी सी ५१ मा चार जीबीसम्मको डायनामिक र्यामको साथ सिमलेस मल्टिटास्किङ र एप ह्यान्डलिङ गर्न सहज हुन्छ । १७ दशमलव १३ सेन्टिमिटर (छ दशमलव ७४ इन्च) ९० हर्जको डिस्प्ले र ठूलो स्क्रिन साइजले ग्राहकहरूलाई उत्कृष्ट गेमिङ अनुभव प्रदान गर्छ । अक्टा–कोर चिपसेटले एड्भान्स टेक्नोलोजी र इफिसियन्ट प्रोसेसिङ क्षमताहरूको साथमा उत्कृष्ट पर्फमेन्स तथा अनुभव सुनिश्चित गर्छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया