Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगपार्की आइसक्रिम निःशुल्क वितरण

पार्की आइसक्रिम निःशुल्क वितरण


काठमाडौं । सिभान्स फुड प्रोडक्ट प्रालिद्वारा उत्पादित ‘पार्की आइसक्रिम’ले राष्ट्रिय आइसक्रिम दिवसको अवसरमा निःशुल्क आइसक्रिम वितरण गरेको छ ।

काठमाडौंको नयाँ बानेश्वर, कोटेश्वर, भक्तपुरको लोकन्थली, ठिमी, सूर्यविनायक र काभ्रेको बनेपालगायतका स्थानबाट एक लाख मूल्य बराबरको आइसक्रिम निःशुल्क वितरण गरेको हो । नेपाल आइसक्रिम उद्योग व्यवसाय संघ (निबा)ले यो दिवसलाई औपचारिकरूपमा मनाउन ‘आइसक्रिम फर एभ्री सिजन’ नारा तय गरेको छ । पार्की आइसक्रिम हाल चकलेट, भेनिला, स्ट्रेबरी, मिन्ट, फ्रुट, बटर स्कचलगायतका ४० प्रकारका स्वादहरूमा उपलब्ध छन् ।

कम्पनीले मुख्यतयाः खाद्यान्नसँग सम्बन्धित उत्पादन तथा सेवा प्रदान गर्ने उद्देश्य राखेको छ । आगामी दिनमा त्यही उद्देश्य पूरा गर्न सेवा विस्तारमा जोड दिने तयारी थालेको छ । उद्योगले आगामी दिनमा दालमोठ, भुजियालगायत अन्य खाद्य उत्पादनहरू पनि बजारमा ल्याउने तयारीमा जुटेको जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया