Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटफिचुको इक्लेयर्स बजारमा

टफिचुको इक्लेयर्स बजारमा


काठमाडौं । सूर्य नेपाल प्रालिले आफ्नो कन्फेक्सनरी ब्रान्ड टफिचुअन्तर्गत नयाँ क्यान्डी ‘इक्लेयर्स’ नेपाली बजारमा सार्वजनिक गरेको छ । प्योर चकलेटी जोयको उद्घोषसहित प्रवर्द्धन गरिएको यो उत्पादन बाहिरी तहमा मिल्क चकलेट र भित्री तहमा चकलेट भरी बनाइएको छ ।

सुनौलो रंगको आकर्षक ट्विस्ट र्यापमा प्याक गरिएको टफिचु इक्लेयर्स बजारमा उपलब्ध अरू चकलेट स्वादका कन्फेक्सनरी उत्पादनभन्दा स्वादिलो, आकर्षक र प्रिमियम रहेको कम्पनीको दाबी छ । कुनै विशेष अवसर अथवा कुनै पनि समय यो क्यान्डीको स्वाद लिई ‘इक्लेयर्स’को बेग्लै आनन्द लिन सकिने कम्पनीद्वारा जारी प्रेश विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै, चकलेट मिल्क तथा बटर मिल्कको स्वाद भएको ‘इक्लेयर्स’ले चकलेटको स्वादमा सर्वोत्कृष्ट अनुभव पस्कने छ भन्ने कम्पनीको विश्वास रहेको छ ।

पाँच रुपैयामा दुई वटा उपलब्ध ‘इक्लेयर्स’ नेपालभरका खुद्रा पसलमा उपलब्ध हुनेछ । साथै, कम्पनीको टफिचुअन्तर्गत विभिन्न ब्राण्डहरु तड्का कच्चा म्याङ्गो, तड्का लिची र ड्यूजेड पनि बजारमा सर्वत्र उपलब्ध छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया