Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगओमोडा इ–फाइभको वाटर वेडिङ र अन्डरबडी स्क्रापिङ परीक्षण

ओमोडा इ–फाइभको वाटर वेडिङ र अन्डरबडी स्क्रापिङ परीक्षण


काठमाडौं । ओमोडा इ–फाइभले सजिलै दुईवटा महत्वपूर्ण गाडीको पानी छिचोल्ने वाटर वेडिङ र अन्डरबडी स्क्रापिङ परीक्षण पार गरेको छ । हालै, ओमोडाको पहिलो पूर्ण विद्युतीय मोडल द ओमोडा इ–फाइभले ब्याट्रीसम्बन्धी दुई वटा महत्वपूर्ण परीक्षण गरेको थियो । यस गाडीले ती दुवै चुनौती पार गर्दै सवारीको सुरक्षा क्षमताको उच्चतम प्रदर्शन गरेको छ ।

पानी छिचोल्ने वाटर वेडिङ परीक्षणले ओमोडा इ–फाइभलाई वाटरप्रुफ, जलरोधक प्रमाणित गरेको छ । परीक्षणका क्रममा, ओमोडा इ फाइभले गाडीको अगाडिको ग्रिलसम्मको पौखरी सतहकै पानीलाई छिचोलेको थियो । पोखरीको पानीले गाडीको अगाडिको भागको तिन चौथाइ भाग छोपेको थियो । त्यसका बाबजुद ओमाडा इ–फाइभले पोखरीलाई स्थिर गतिमा पार गर्न सफल भयो । कम्पनीका अनुसार सो परीक्षणका क्रममा गाडीमा पानीको चुहावट र विद्युतीय त्रुटि भएन, न त त्यसले कुनै पनि विद्युतीय सचेतनाका खतरा संकेत नै बज्यो ।

यसैगरी अन्डरबडी स्क्रापिङ परीक्षणका निम्ति दुर्घटनाका क्रममा बन्न सक्ने कडा परिवेश सिर्जना गरिएको थियो । जसका निम्ति गाडीलाई वास्तविक अवस्थामा सडकमा आउन सक्ने अवरोध सिर्जना गरी परीक्षण गरीएको हो । यस परीक्षणमा ओमोडा इ–फाइभले २१० एमएम उचाइको फलामको पोस्ट पार गरेको थियो । जसले गाडीको संरचनागत पक्षमा महत्वपूर्ण चुनौती खडा गरेको थियो । तल्लो सतहको परीक्षण गरिसकेपछि पनि ३० एमएममाथि रहँदै अघि बढेको गाडीको ब्याट्री प्याकमा कुनै क्षति पुगेन । जसले प्रभावकारी सुरक्षाको प्रत्याभूति गरेको छ । गाडीको तल्लो भागमा क्षति पुगे पनि गाडीको संरचनाले सुरक्षा र स्थिरता प्रदान गरेको प्रमाणित गरेको छ ।

ओमोडाका सवारी साधन उत्पादनको आधारभूत सिद्धान्त नै सुरक्षा हो । ओमोडा इ फाइभको वाटर वेडिङ र अन्डरबडी स्क्रापिङमा लक्ष्यमा सन्तोषजनक प्रदर्शनले ओमोडाको अधिकतम सुरक्षा प्रदान गर्ने प्रतिबद्धताले झनै मजबुत बनाएको छ । यसले प्रयोगकर्ताको आगामी दिनको यात्रालाई सुरक्षाको प्रत्याभूति दिलाउनुका साथै ओमाडाको सुरक्षा प्रविधिको उत्कृष्ट प्रयोगले सवारी उद्योगकै मापदण्डलाई उचाइमा पुर्याएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया