Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगविनाझन्झट इन्स्टा फाइनान्स सुविधामा सामसङका नयाँ ग्यालेक्सी स्मार्टफोन

विनाझन्झट इन्स्टा फाइनान्स सुविधामा सामसङका नयाँ ग्यालेक्सी स्मार्टफोन


काठमाडौं । स्मार्टफोन ब्राण्ड सामसङले गत वर्षबाट नेपालमा सञ्चालनमा ल्याएको इन्स्टा फाइनान्स सेवालाई थप सरलीकृत गरेको छ । यो सेवामा शून्य प्रतिशत ब्याज ईएमआईमा नयाँ ग्यालेक्सी स्मार्टफोनहरू प्राप्त गर्न सुविधा दिइएको थियो ।

हालै सामसङ नेपालले यो सुविधाको लाभ लिनको लागि अझै सहज पारेको हो । ग्राहकहरूले मात्र आफ्नो र आफ्नो ग्यारेन्टरको नागरिकता पेस गरेर यो सेवा उपभोग गर्न पाउने भएका छन् । ‘हुन त पहिले पनि इन्स्टा फाइनान्सको प्रक्रिया झन्झटरहित नै थियो । तर सो प्रक्रियाको लागि अरू पनि थप कागजातहरूको आवश्यकता पथ्र्यो’ कम्पनीले भनेको छ । कम्पनीका अनुसार अब भने ग्राहकहरू आफ्नो र आफ्नो ग्यारेन्टरको दुई–दुई पासपोर्ट साइजको फोटो र नागरिकताहरू बोकी आफ्नो नागरिकता जारी गरेको जिल्लामा रहेको कुनै पनि आधिकारिक सामसङ फाइनान्स स्टोरमा गएर यो सेवा लिन सक्नेछन् । २० हजार रुपैयाँ वा सोभन्दा बढी मूल्य भएको ग्यालेक्सी स्मार्टफोन शून्य प्रतिशत ब्याज रहेको ईएमआईमा प्राप्त गर्न सक्ने छन् ।

इन्स्टा फाइनान्सको साथसाथै, ग्राहकहरूले १८ वैशाख २०८१ सम्मको अवधि आफ्नो कुनै पनि पुरानो डिभाइस एस्चेन्ज गरी एन्हान्स्ड ट्रेड–इन बेनिफिटसद्वारा नयाँ ग्यालेक्सी एस२४ सिरिजका लिन सक्नेछन् । यो अफर अर्को स्टोर र सबको फोनलगायतका ट्रेड पार्टनरहरूमार्फत उपलब्ध गराइएको छ । यस सेवामार्फत ग्राहकले आफ्नो पुरानो सामसङको एस, एन वा जेड सिरिज वा कुनै पनि एप्पल स्मार्टफोनको मूल्याङ्कनमा थप पाँच हजार रुपैयाँ बोनस पाउनेछन् भने सामसङ ग्यालेक्सी ए वा एम सिरिजका स्मार्टफोन एस्चेन्ज गर्दा तीन हजार रुपैयाँ बोनस पाउनेछन् । यी सुविधाहरू नेपालभरि नै उपलब्ध रहेको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया