Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकोका–कोलाको खरिदमा २५० मिलिलिटर कोका–कोला निःशुल्क

कोका–कोलाको खरिदमा २५० मिलिलिटर कोका–कोला निःशुल्क


काठमाडौं । पेय पदार्थ कोका–कोलाले उपभोक्ताहरूको लागि फेरि अर्को विशेष क्याम्पेन लिएर आएको छ । घरमा खाना खाँदाको क्षणहरू विशेष र अविस्मरणीय बनाउन नेपालमा कोका–कोलाले सवा दुई र डेढ लिटर प्याक साइजको कोका–कोला, स्प्राइट र फ्यान्टाको खरिदमा २५० मिलिलिटरको कोका–कोला निःशुल्क प्रदान गर्ने भएको हो ।

कम्पनीका अनुसार यो प्रमोसनल अफर कोक एन्ड मिल्स क्याम्पेनको एक हिस्सा हो, जुन धेरै वर्षदेखि निरन्तर चल्दै आइरहेको छ । कोका–कोलाको साथले साधारण खाना खाँदाको क्षणलाई पनि एक रमाइलो पलमा परिणत गर्ने यस अफरको लक्ष्य रहेको कम्पनीले जनाएको छ । कोका–कोला नेपालको कन्ट्री डाइरेक्टर चन्द्रिका कालियाले कोका–कोला सधैँ आफ्ना उपभोक्ताहरूको लागि रमाइलो पलहरू सिर्जना गर्न प्रतिबद्ध रहेको बताइन् । यो अफरले कोका–कोलाको विश्वव्यापी ‘कोक एन्ड मिल्स’ क्याम्पेनलाई थप बढावा दिएको उनको भनाइ छ । कोका–कोलाले सधैँ उपभोक्तासँगको सम्बन्ध बलियो बनाउनका लागि नयाँ–नयाँ क्याम्पेनहरू ल्याउँदै आइरहेको छ । यस अफरमार्फत् उपभोक्ताहरूले कोका–कोला, फ्यान्टा र स्प्राइटका साथ खानाको आनन्द लिने कम्पनीको विश्वास छ । यो अफर सीमित अवधिको लागि मात्र उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया