Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकोका–कोलाको ‘काठमाडौं इज कुकिङ’को दोस्रो संस्करण हुने

कोका–कोलाको ‘काठमाडौं इज कुकिङ’को दोस्रो संस्करण हुने


काठमाडौं । कोका–कोलाले ‘काठमाडौं इज कुकिङ’को दोस्रो संस्करण गर्ने भएको छ । काठमाडौंको हायात होटल मैदानमा शुक्रबार सो कार्यक्रम आयोजना गर्न लागिएको हो । ‘इज कुकिङ’ कोका–कोलाको विश्वव्यापी क्याम्पेन हो, जसले विश्वभर खानालाई मजा लिएर खान प्रोत्साहित गर्दै आएको छ ।

कम्पनीका अनुसार यो कार्यक्रम कोका–कोलाको ग्लोबल ब्रान्ड प्लेटफर्म ‘रियल म्याजिक’अन्तर्गत नै पर्न आउँछ । यस वर्षको ‘काठमाडौं इज कुकिङ’ ऐतिहासिक हुने कम्पनीले जनाएको छ । यस कार्यक्रममा चर्चित भारतीय गायक पापोनलगायत नेपाली चर्चित ब्यान्ड तथा गायकहरू द एलेमेन्ट्स, भेक, जोन एन्ड द लोकल्स, सुशान्त घिमिरे र प्रजिनाले पनि प्रस्तुति दिनेछन् । यी कलाकारहरूको मनमोहक प्रस्तुतिले अविस्मरणीय साङ्गीतिक अनुभव प्रदान गर्ने कम्पनीले विश्वास लिएको छ । कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर चन्द्रिका कालियाले यस कार्यक्रमले नेपालीहरूको रमाइलो गर्ने संस्कृतिलाई झल्काउने बताइन् । ‘काठमाडौं इज कुकिङ’ मा हाँसो, खुसी र मनोरञ्जनका पलहरू देख्न पाइनेछ ।

‘काठमाडौं इज कुकिङ’ ले नेपालको सङ्गीत र सबैको मनपर्ने परिकार मोःमो को कम्बिनेसनलाई झनै बलियो बनाउनेछ । यो संस्करणले पनि अघिल्ला वर्षहरूझै सफल हुने कम्पनीले विश्वास लिएको छ । यस कार्यक्रममा उपस्थित हुन चाहनेहरूले मोःमो र कोका–कोलाको स्वादसहित मनमोहक साङ्गीतिक प्रस्तुतिको मजा पनि लिन सक्नेछन् । यस कार्यक्रममा विशेष कम्बो अफर र छुटसहित २५ भन्दा बढी मोःमो भेन्डरहरूको सहभागिता हुनेछ ।

बोटलर्स नेपाल लिमिटेडका एमडी दीपक सेन्थिल नाथले ‘काठमाडौं इज कुकिङ’को दोस्रो संस्करण नेपालमा कोका–कोलाको यात्राको एउटा महत्वपूर्ण कोशेढुङ्गाको रूपमा स्थापित हुने बताए । ‘काठमाडौंै इज कुकिङ’ फोहोर–रहित कार्यक्रम रहेको पनि कम्पनीले जनाएको छ । यस कदमले कोका–कोलाको रिसाइक्लिङप्रतिको प्रतिबद्धतालाई झल्काएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया