Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगआर्थिक सुस्तताका बीच चेम्बर एक्स्पो सम्पन्न

आर्थिक सुस्तताका बीच चेम्बर एक्स्पो सम्पन्न


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा सातौँ चरणको ‘चेम्बर एक्स्पो २०२४’ काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न भएको छ । फागुन २४ गते देखि २८ गतेसम्म भएको एक्स्पोमा स्थानीय उत्पादनदेखि अन्तराष्ट्रिय वस्तुहरू प्रदर्शनीमा राखिएका थिए ।

एक्स्पोको ४० हजारभन्दा बढी दर्शकले अवलोकन गरेको आयोजक नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । आर्थिक सुस्तताका बीच चेम्बर एक्स्पो भव्यताका साथ सम्पन्न भएको अध्यक्ष राजेन्द्र मल्लले बताए । एक्स्पोमा स्वदेशमै उत्पादित कृषिजन्य वस्तुहरू, हस्तकलाका सामग्री प्रदर्शनीमा राखिएको थियो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रसँगको सहकार्यमा चेम्बरले सातौँ चरणको एक्स्पो सम्पन्न गरेको हो । एक्स्पोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीका एक सय ६० भन्दा बढी स्टल रहेका थिए । एक्स्पोमा नेपाल, भारत, दक्षिण कोरिया, बंगलादेश पाकिस्तानलगायतका व्यापारीले समेत सहभागिता जनाएका छन् ।

एक्स्पोमार्फत स्थानीय उत्पादन प्रवद्र्धन एवम् बजारीकरण तथा व्यापार अभिवृद्धि गर्न महत्वपूर्ण सहयोग भएको अध्यक्ष मल्लको भनाइ छ । कठिन आर्थिक परिस्थितिका बीच अर्थतन्त्र चलायमान एवम् व्यावसायिक गतिविधि विस्तार गर्न एक्स्पो सफल भएको अध्यक्ष मल्लले बताए । चेम्बरले प्रत्येक वर्ष चेम्बर एक्स्पो आयोजना गर्दै आएको छ । अध्यक्ष मल्लले एक्स्पोमा राखिएका अन्तर्राष्ट्रिय बस्तुको फिर्ती प्रक्रियालाई सहज बनाउनुपर्नेमा समेत जोड दिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया